default_image

3 years ago

December 6, 2022

कप्तान रोनाल्डोसँग प्रशिक्षक सान्तोस रुष्ट

586 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ को खेलअघि आफू कप्तान क्रिस्टियानो रोनाल्डोप्रति रुष्ट देखिएका छन् । समूहको अन्तिम खेलमा रोनाल्डोलाई परिवर्तन गर्दाको व्यवहारप्रति उनले असन्तुष्टि व्यक्त गरे ।

पोर्चुगलले २-१ ले हारेको उक्त खेलमा रोनाल्डो ६५ औं मिनेटमा परिवर्तन भएका थिए । रोनाल्डोले बाहिर जाने बेलामा प्रशिक्षकको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै नराम्रो व्यवहार देखाएका थिए । लगत्तै उनी कोरियाली खेलाडी चो ग्युसुङसँग पनि विवादमा परे । त्यसबेला सान्तोसले रोनाल्डो र कोरियाली खेलाडीको विवादमा मात्र ध्यान दिएको र रोनाल्डोको आचरण ख्याल नगरेको बताए ।

‘खेल सकिएलगत्तै मिडियामा बोल्दा मैले भिडियो फुटेज हेरेको थिइनँ । रोनाल्डोले परिवर्तन हुने बेलामा के भने मैले सुन्ने अवस्था थिएन । कोरियाका खेलाडीसँग विवाद भएको देखेको थिएँ, मात्र त्यति हो,’ सान्तोसले सोमबार भने, ‘तर जब भिडियो हेरें, मलाई मन परेन । मलाई पटक्कै मन परेन । त्यसपछि हामीले आन्तरिक रुपमा यो समस्याबारे छलफल गरेका छौं । त्यो समस्या अब सुल्झेको छ र हामी सबै भोलिको खेलको लागि ध्यान दिइरहेका छौं ।’

सान्तोसले रोनाल्डोसँग छलफल गरेको बताएपनि रोनाल्डो अन्तिम १६ को खेलमा सुरुवात गर्छन् वा गर्दैनन् भन्ने प्रष्ट पार्न चाहेनन् । रोनाल्डो सुरुवाती रोजाइमा खेल्छन् भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘म खेलअघि ड्रेसिङ रुममा मात्र को खेल्छन् भन्ने थाहा दिन्छु । सन् २०१४ देखि नै मैले यसो गर्दै आएको छु । यो निर्णयलाई लिएर कसैलाई समस्या छैन र हुने पनि छैन,’ उनले थपे ।

‘मैले पोर्चुगल र राष्ट्रिय टोलीको हितको बारेमा सोच्ने हो । रोनाल्डोको विषय आन्तरिक रुपमा सुल्झिसकेको छ । अब खेलमा ध्यान दिनेछौं,’ सान्तोसले भने ।

रोनाल्डोले साउदी क्लबसँग सम्झौता गरेको भन्ने विषयमा आफूलाई केहि थाहा नभएको उनले बताए । ‘मेरो यो विषयमा केहि कुरा भएको छैन । विहान पनि हामीले टोलीको बारेमा कुरा गरेका हौं । यो उनको निर्णय हो र हामीलाई केहि थाहा हुँदैन । रोनाल्डो अहिले विश्वकपमा ध्यान दिइरहेका छन् । योबाहेक विषय मलाई थाहा छैन,’ उनले थपे ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.