3 years ago
December 6, 2022
कतार – फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको प्रि क्वाटरफाइनलको पहिलो हाफको खेल बराबरीमा सकिएको छ ।

एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्या भएको छैन ।
यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव बढाएपनि गतिलो आक्रमण हुन सकेको छैन । १२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेकाे प्रहारलाई गाेलरक्षक युनाई सिमाेनले दाेस्राे प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीकाे क्रसमा साेफियन बाेउफलकाे फ्लिक पासलाई एगुरेडकाे हेडर पाेस्ट नजिकबाट बाहिरिदा माेरक्काे अग्रता लिनबाट चुक्याे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]