3 years ago
December 6, 2022
कतार – फिफा विश्वकप कतार २०२२ अन्तरगत मोरक्को र स्पेनबीचको प्रि क्वाटरफाइनलको खेल अतिरिक्त समयमा लम्बिएको छ ।

एजुकेशन सिटी संगशालामा मंगलबार राति भएको खेलमा दुवै टोलीले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न नसक्दा निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिदा खेल अतिरिक्त समयमा लम्बिएको हो ।
स्पेनले बल पोसेसन राख्दै मोरक्कोलाई दवावमा राखेपनि गोलरक्षक यासिन बोनोउलाई खासै समस्या भएको छैन । यता, मोरक्कोले काउन्टर अट्याकमा स्पेनको डिफेन्डरमाथि दवाव बढाएपनि गतिलो आक्रमण हुन सकेको छैन ।
१२औं मिनेटमा अक्रफ हाकिमीको पेनाल्टी क्षेत्र बाहिरको फ्रिकिक सदुपयोग हुन सकेन । २७औं मिनेटमा मार्काे एसेन्सियोको प्रहारले पोस्टको दिशा लिन सकेन ।
३३औं मिनेटमा माजराओईले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई गोलरक्षक युनाई सिमोनले दोस्रो प्रयासमा नियन्त्रणमा लिए । ४३औं मिनेटमा अचरप हाकिमीको क्रसमा सोफियन बोउफलको फ्लिक पासलाई एगुरेडको हेडर पोस्ट नजिकबाट बाहिरिदा मोरक्को अग्रता लिनबाट चुक्यो ।
५५औं मिनेटमा मार्काे एसेन्सियोको फ्लिक फ्रिकिकमा ड्यानी ओल्मोको प्रहारलाई गोलरक्षक यासिन बोनोल पञ्च गर्दै बचाउँदा स्पेनले अग्रता लिन सकेन ।
८२औं मिनेटमा अल्भारो मोराटाले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ८६औं मिनेटमा अकरफ हाकिमीको क्रसमा वालिड चेडडिराले एक डिफेन्डरबीचबाट गरेको प्रहारलाई गोलरक्षक सिमोनले नियन्त्रणमा लिन सफल भए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पुन मोराटा चुके । उनको हेडरले पोस्टको दिशा लिन सकेन ।इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा ड्यानियल ओल्मोको क्रसलाई गोलरक्षक बोनोउले अर्काे सुन्दर बचाउँ गरे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]