default_image

3 years ago

December 7, 2022

पोर्चुगिज रामोस बने कतार विश्वकपमा ह्याट्रिक गर्ने पहिलाे खेलाडी

346 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज युवा स्टार गोन्कालो रामोस फिफा विश्वकप कतार २०२२ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

अन्तिम १६ को खेलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा ह्याट्रिक पूरा गर्दै उनी यस विश्वकपमा ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी बनेका हुन् ।

पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले भेट्रान फरवार्ड तथम कप्तान क्रिष्टियानो रोनाल्डोलाई बेञ्चमा राख्दै युवा स्टार रामोसलाई खेलाएर जोखिम मोलेका थिए । तर, त्यो जोखिमलाई उनले आँफुलाई प्रमाणित गरिदिए ।

रोनाल्डोको स्थानमा पहिलो रोजाईमा खेलेका रामोसले १७औं, ५१औं र ६७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । उनले विश्वकपमा स्वीजरल्याण्डविरुद्ध मात्रै पहिलो रोजाईँमा खेलेका हुन् ।

पोर्चुगलको उमेर समूह हुँदै सिनियर टोलीमा स्थान बनाएका उनले १७ नोभेम्वर २०२२ मा नाइजेरियाविरुद्धको मैत्रीपूर्ण खेलबाट सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यसयता उनले चार खेलमा चार गोल गरिसकेका छन् ।

यसअघि इक्वेडरका एनर भ्यालेन्सिया, इंग्ल्यान्डका बुकायो साका, इरानका मेहेदी तारेमी, फ्रान्सका ओलिभर जिरुड, स्पेनका फेरान टोरेस, ब्राजिलका रिचार्लीसन, फ्रान्सका केलियन एमबाप्पे, क्रोएसियाका एन्डरेज क्रामारिच, दक्षिण कोरियाका गुई सुङ चो, घानाका मोहम्मेद कुडुस, पोर्चुगलका ब्रुनो फर्नान्डेस, इंग्ल्यान्डका मार्कस रासफोर्ड, जर्मनीका काई हाभर्टज र उरुग्वेका जिओरजियन डि एरासकाइटाले एकै खेलमा दुई गोल गरेपनि ह्याट्रिक गर्न सकेका थिएनन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.