default_image

3 years ago

December 7, 2022

कतार विश्वकपको क्वाटरफाइनल समीकरण पूरा

333 views

0 Bookmark

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप – २०२२ को क्वाटरफाइनल समीकरण पूरा भएको छ । मंगलबार राति पोर्चुगल र स्विट्जरल्यान्डबीचको खेलसँगै अन्तिम आठमा पुग्ने सबै ८ टोलीको टुंगो लागेको हो ।

साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन् ।

नेदरल्यान्डस्ले अमेरिकालाई ३–१, अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१, फ्रान्सले पाेल्यान्डलाई ३–१, इंग्ल्यान्डले सेनेगललाई ३–०, ब्राजिलले दक्षिण काेरियालाई ४–१ ले र पाेर्चुगलले स्वीट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेकाे छ ।

यस्तै क्राेएसियाले जापानलाई टाइब्रेकरमा ३–१ र माेरक्काेले स्पेनलाई टाईब्रेकरमै ३–० ले पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएकाे छ ।

पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।  दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स, तेस्रो क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्ड तथा अन्तिम क्वाटरफाइनलमा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.