default_image

3 years ago

December 7, 2022

पेपेले रोनाल्डोको कीर्तिमान तोडे

291 views

0 Bookmark

एजेन्सी – पोर्चुगलका भेट्रान डिफेन्डर पेपेले विश्वकप फुटबलमा आफ्नै टोलीका कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन् ।

मंगलबार राति प्रि–क्वाटरफाइनलमा स्वीट्जरल्यान्डविरुद्ध ६–१ को जित निकालेको खेलमा एक गोल गरेपछि उनी विश्वकप फुटबलको इतिहासमा गोल गर्ने दोस्रो पाका (जेठा) खेलाडी बनेका छन् ।

यसै विश्वकपमा पोर्चुगलकै कप्तान क्रिस्टियानो रोनाल्डोले घानाविरुद्ध जित निकालेको खेलमा गोल गर्दै दोस्रो पाका खेलाडी बनेका थिए । त्यो कीर्तिमानलाई पेपेले तोडेका हुन् । पेपेले ३९ वर्ष २८३ दिनको उमेरमा गोल गरेर कीर्तिमान बनाएका हुन् ।

पेपेले ३३औं मिनेटमा हेडिङमार्फत् शानदार गोल गरेर टिमको अग्रता दोब्बर पारेका थिए । कर्नरबाट आएको बललाई ब्रुनो फर्नान्डेजले मिलाइदिएको पासमा बक्सअघि रहेका पेपेले शानदार हेडिङ गोल गरेका थिए । त्यही गोलले पेपेले कीर्तिमान बनाएको हो ।

पेपेभन्दा अघि क्यामरुनका रोजर मिल्ला छन् । उनले सन् १९९४ को विश्वकपमा रसियाविरुद्ध ४२ वर्ष ३९ दिनको उमेरमा गोल गरेका थिए । नियमित कप्तान क्रिष्टियानो रोनाल्डो बेञ्चमा रहँदा उनले नै स्वीट्जरल्यान्डविरुद्ध कप्तानीको भुमिका निभाएका थिए । पेपेको गोल र कीर्तिमानबारे फिफाले पनि आफ्नो वेबसाइटमा चर्चा गरेको छ ।

सन् २००७ बाट पोर्चुगलको सिनियर टोलीबाट खेलेका उनले हालसम्म १३२ क्याप जित्दा ८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । क्लब फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिडमा लामो समय बिताएका उनी अहिले आफ्नै देशकै क्लब एफसी पोर्टाेका लागि खेलिरहेका छन् ।

पेपेका लागि यो अन्तिम विश्वकप र अन्तिम अन्तर्राष्ट्रिया प्रतियोगिता रहनेमा शंका छैन । तर, ३९ वर्ष पुगिसक्दा पनि उनको गज्जवको प्रदर्शनले उनले अझै पनि ठुला प्रतियोगिता खेल्ने समभावना देखाएको छ । अब पोर्चुगलले क्वाटरफाइनलमा मोरक्कोसँग खेल्नेछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.