3 years ago
December 7, 2022
एजेन्सी – बेल्जियम फुटबल टोलीका कप्तान इडेन हाजार्डले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । कतारमा जारी विश्व कपमा बेल्जियम समूह चरणबाटै बाहिरिएपछि हाजार्डले सन्यासको निर्णय लिएका छन् ।

विश्व फुटबलको सर्वाधिक महत्वपूर्ण प्रतियोगिताको समूह चरणका ३ खेलबाट ४ अंक जोड्दै बाहिरिएको थियो । टोलीले एक मात्र खेल क्यानाडाविरुद्ध जितेको थियो । टोलीको खराब प्रदर्शन पछि रोबेर्टो मार्टिन्सले मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।
‘आज एउटा अध्याय अन्त्य भएको छ,’ हाजार्डले इन्स्टाग्राममा लेखेका छन्,‘ तपाईहरुको मायाका लागि धन्यवाद । विना शर्तको समर्थनका लागि धन्यवाद । २००८ यताको सबै सुखद क्षणका लागि धन्यवाद ।’ उनले आफूले अन्तर्राष्ट्रिय यात्राको अन्त्यको घोषणा गर्दै नयाँ पुस्ता तयार भएको समेत बताएका छन् । उनले टोलीलाई आफूले मिस गर्ने पनि बताएका छन् ।
उनी बेल्जियमका लागि सर्वाधिक खेल खेल्ने खेलाडीको सुचीमा चौथो स्थानमा छन् । उनले बेल्जियमका लागि १ सय २६ खेल खेलेका थिए । बेल्जियमका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सुचीमा हाजार्ड दोस्रो स्थानमा छन् । हाजार्डको नाममा ३३ गोल छ । उनी भन्दा अगाडि रामेलु लुकाकु छन् ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]