default_image

3 years ago

December 7, 2022

भाइबरसँग कप्तान किरणको सहकार्य

188 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले फिफा विश्वकपलाई लक्षित गर्दै भाइबरसँग सहकार्य भएका छन् ।

कतारमा विश्व कप फुटबल जारी रहँदा भाइबरले फुटबल उत्सवको क्याम्पेनिङ सुरु गरेको र त्यसमा आफू आबद्ध हुँदा उत्साहित रहेको किरणले बताएका छन् । भाइबरको फुटबल उत्सबमा जोडिएर विश्व कप फुटबलका खेल तालिका, नतिजा, अन्य सुचना तथा फिफाको समाचारहरु प्राप्त गर्न सकिने उल्लेख गर्दै किरणले भनेका छन्, ‘ त्यसमा तपाईहरुले कमेन्ट गर्न सक्नुहुनेछ र त्यसमा पुरस्कार पनि जित्न सकिनेछ ।’

किरणले भाइबरको फुटबल उत्सबमा दुई दिन फुटबलका विषयमा चर्चा गर्न लाइभमा आउने जानकारी पनि दिएका छन् । किरण र अभिनव जोशी डिसेम्बर १५ र डिसेम्बर १७ मा दिउँसो २ देखि ३ बजेसम्म लाइभमा आउने किरणले बताएका छन् । हामी फुटबलको विषयमा चर्चा गर्न लाइभमा आउने छौं, उनले भने,‘ म सबैलाई त्यसमा जोडिन र फुटबलका बारेमा हुने छलफलमा सहभागी हुन आग्रह गर्दछु ।’

किरणसँग फुटबल टक्समा जोडिन यहाँ थिच्न सक्नुहुन्छ ।

राउन्ड ग्लास पन्जाब एफसीमा आबद्ध किरण हाल आई लिगमा व्यस्त छन् । सोही व्यस्तताका कारण उनले कात्तिक ३० गते पाकिस्तानविरुद्ध भएको मैत्रीपूर्ण खेल गुमाएका थिए ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.