3 years ago
December 8, 2022
एजेन्सी – लुइस एनरिकेले स्पेनिस राष्ट्रिय फुटबल टोलीको प्रशिक्षक पद छाडेका छन् । फिफा विश्वकप कतार २०२२ को अन्तिम १६ खेलमा मोरक्कोसँग पराजित भएपछि एनरिके दबाबमा थिए ।

स्पेनिस फुटबल महासंघले विहीबार एक विज्ञप्ति जारी गर्दै एनरिकेले आफ्नो पद छाडेको जानकारी दिएको छ । फिफा विश्वकपमा उपाधि दावेदार मानिएको स्पेन मोरक्कोसँग पराजित हुँदै बाहिरिएको थियो । टाइब्रेकरमा ३-० को हार बेहोरेको स्पेनले समूह चरणमा राम्रो सुरुवात गरेको थियो । कोस्टारिकालाई ७-० ले हराएको स्पेन दोस्रो खेलमा जर्मनीसँग अग्रता लिएपनि १-१ को बराबरीमा रोकियो ।
समूहको अन्तिम खेलमा स्पेनलाई जापानले २-१ ले स्तब्ध पारेको थियो । समूह उपविजेताको रुपमा अघि बढेको स्पेन अन्तिम १६ मा मोरक्कोसँग टाइब्रेकरमा पराजित हुन पुग्यो । अझ प्रशिक्षक एनरिकेले मोरक्कोविरुद्ध खेलको अघिल्लो दिन खेलाडीहरुलाई १ हजार पेनाल्टी प्रहार गर्न लगाएको बताउनु र स्पेनले टाइब्रेकरमा गोल नै गर्न नसकेको तथ्य जोड्दै उनको सामाजिक संजालमा चर्को आलोचना भइरहेको छ ।
५२ वर्षीय एनरिकेले राष्ट्रिय टोलीका लागि दुई पटक गरेर ४५ खेलमा जिम्मेवारी लिएका थिए । यसक्रममा उनले २५ जित, ११ बराबरी र ९ हारको नतिजा निकाले । सन् २०१८ विश्वकपपछि स्पेनको जिम्मेवारी पाएका उनले पारिवारिक कारणले एक वर्षमै बिदा लिएका थिए ।
सन् २०२० सेप्टेम्बरमा पुन: टोलीमा फर्केका एनरिकेले युरो २०२० मा स्पेनलाई सेमिफाइनलसम्म पुर्याएका थिए । यसपटक भने टोलीको यात्रा क्वाटरफाइनलमा नपुग्दै सकिएपछि उनले पद छाड्ने निर्णय गरे ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]