default_image

3 years ago

December 9, 2022

ब्राजिललाई क्रोएसियाको चुनौती

284 views

0 Bookmark

एजेन्सी – एसियाली मुलुक कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु शुरु हुँदा पहिलो खेलमा ब्राजिलले क्रोएसियाको सामना गर्नेछ ।

यो खेल एजुकेशन सिटी रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । क्रोएसियासँग भिड्दै ब्राजिलले कीर्तिमानी छैटौंपटक विश्व च्याम्पियन बन्ने जीवित राख्न प्रयास गर्नेछ । प्रि–क्वाटरफाइनलमा दक्षिण कोरियालाई ४–१ ले हराएर अघि बढेको ब्राजिल सोही जितको लयलाई निरन्तरता दिन चहान्छ ।

ब्राजिलले दक्षिण कोरियाविरुद्ध आफ्नो वास्तविक खेलको नमुना पस्किएको थियो । ब्राजिलले पहिलो ३६ मिनेटमा चार गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा ब्राजिलले एक गोल खाएको थियो ।

उनीहरू लगातार सातौंपटक विश्वकपको क्वाटरफाइनल खेल्दैछ । तर प्रतियोगिताको यस चरणमा उनीहरू आफ्नो हालैको कीर्तिमानबाट सजग हुनेछन् । ब्राजिल पछिल्ला चारमध्ये तीनमा क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ, जसमा युरोपेली फ्रान्स, नेदरल्यान्ड्स र बेल्जियमसँग क्रमशः २००६, २०१० र २०१८ मा हारेको थियो ।

२००२ को विश्वकपको फाइनलमा जर्मनीलाई २–० ले हराएपछि ब्राजिलले प्रतियोगितामा युरोपेली राष्ट्रविरुद्ध पछिल्ला पाँच नकआउट खेलमा हारेको छ । यद्यपि, ब्राजिलले क्रोएसियासँग अघिल्लो चार भेटमा कहिल्यै हारेका छैनन् । गत साता क्यामरुनसँगको १–० को हार उनीहरुको १९औं खेलमा एक हार थियो ।

गाब्रियल जेसस र एलेक्स टेलासलाई गुमाइसकेको ब्राजिल नेयमारको आगमनले टोलीको मनोवल बढेको छ । चोटका एलेक्स सान्ड्रोले खेल्ने सम्भावना न्युन छ । डानिलो, थियागो सिल्भा, मार्किन्हस, एडर मिलिसाओ, क्यासेमिरो, लुकास पाक्वेटा, राफिन्हा, भिनियस जुनियर र रिचार्लीसनले आक्रमण सम्हाल्ने सम्भावना छ ।

यता, लगातार दोस्रोपटक र समग्रमा तेस्रोपटक क्वाटरफाइनलमा पुगेको क्रोएसिया पनि ब्राजिललाई स्तब्ध पार्दै लगातार दोस्रो पटक सेमिफाइनलमा पुग्ने दाँउमा हुनेछ । जापानलाई पेनाल्टी सुटआउटमा मुस्किलले हराएर क्रोएसियाले ब्राजिलसँगको भेट पक्का गरेको हो ।

पेनाल्टीमा क्रोएसिया निकै भाग्यशाली रहँदै आएको छ । क्रोएसियाले १९९८ मा पहिलो विश्वकप फाइनलमा तेस्रो स्थानमा बनाउनेदेखि अन्य प्रमुख प्रतियोगिताको नकआउट चरणको खेल ८ मध्ये ७ खेलमा अतिरिक्त समय हुँदै पेनाल्टीमै जित निकालेको छ ।

विश्वकपमा क्रोएसियाका पछिल्ला पाँच नकआउट खेलमध्ये चार अतिरिक्त समयमा गएका छन् र जसमध्ये तीनवटा पेनाल्टीमा निर्णय भएको छ । क्रोएसिया आफ्नो अन्तिम १० अन्तर्राष्ट्रिय खेलमा अपराजित छ ।

युरो २०२० यताका सबै प्रतियोगिताहरूमा आफ्नो अन्तिम २० खेलमध्ये क्रोएसियाले एक खेलमा मात्रै हार बेहोरेको छ । यो प्रभावशाली दौडको क्रोएसिया शुक्रबार ब्राजिललाई कडा चुनौती पेश गर्नेछ ।

जोडी बोर्ना सोसा र जोसिप स्टानिसिक ब्राजिलविरुद्धको खेलमा उपलब्ध हुनेछ । डालिकले आफ्नो सुरुवाती ११ मा धेरै परिवर्तन गर्ने सम्भावना छैन, मिडफिल्ड मास्टर्स लुका मोड्रिच, मार्सेलो ब्रोजोभिच र माटेओ कोभासिचले सुरुवातमै खेल्नेछन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.