3 years ago
December 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा क्रोएसिया र ब्राजिल खेल्दैछन् । खेल शुक्रबार रातको ८:४५ बजे सुरु हुनेछ ।

फिफा विश्वकपको इतिहास हेर्दा ब्राजिलले २२ संस्करणमध्य १४ औं पटक विश्वकपको क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । यसअघिको १३ खेलमा ब्राजिलले ८ पटक सेमिफाइनलमा प्रवेश गर्न सफल भएको थियो । तर टोलीले पछिल्लो ४ मध्य ३ क्वाटरफाइनलमा भने हार बेहोरेको छ । तीनै पटक युरोपेली टोलीले ब्राजिललाई हराएका थिए । सन् २००२ को फाइनलमा जर्मनीलाई हराएयता ब्राजिल ५ पटक युरोपेली टोलीसँग पराजित भएको छ ।
क्रोएसियाले पहिलो पटक विश्वकपको नकआउट खेलमा दक्षिण अमेरिकी टोलीको सामना गर्दैछ । टोलीले खेलेका पछिल्ला ५ मध्य ४ खेल अतिरिक्त समयमा लम्बिएको छ । क्रोएसियाले विश्वकपको नकआउट चरणमा खेलेका पछिल्ला ९ मध्य ७ खेल जितेको छ । क्रोएसियाले सबै ९ खेलमा गोल गरेको इतिहास छ ।
हालसम्म ब्राजिल र क्रोएसियाबीच विश्वकपमा दुई पटक खेलेका छन् । दुवै पटक समूह चरणमा आमनेसामने भएका दुई टोलीमा ब्राजिलले बाजी मारेको छ । सन् २००६ मा काकाको एकमात्र गोलमा ब्राजिल १-० ले विजयी भएको थियो । यस्तै सन् २०१६ मा नेयमारको दुई गोलमा ब्राजिलले ३-१ को जित दर्ता गरेको थियो ।
समग्रमा यी टोलीको ४ पटक अन्तर्राष्ट्रिय खेलमा भिडन्त भएको छ । ब्राजिल ३ पटक विजयी हुँदा १ खेल बराबरीमा सकिएको छ । पछिल्लो पटक सन् २०१८ मा मैत्रीपूर्ण खेलमा ब्राजिल २-० ले विजयी भएको थियो ।
विश्वकपमा पेनाल्टी सुटआउटमा क्रोएसियाले अहिलेसम्म सबै तीन खेलमा जित दर्ता गरेको छ । ब्राजिल भने एकपटक पराजित हुँदा तीन अवसरमा जित हासिल गरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]