3 years ago
December 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप कतार २०२२ अन्तर्गत दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स भिड्दैछन् । खेल नेपाली समयअनुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ ।

अर्जेन्टिनाले पछिल्लो खेलबाट एक परिवर्तन गर्दै एक डिफेन्डर टोलीमा थपेको छ । मिडफिल्डर आलेहान्द्रो गोमेजको स्थानमा लिसान्द्रो मार्टिनेज टोलीमा आएका छन् । अर्जेन्टिनाले तीन सेन्ट्रल डिफेन्डर खेलाएसँगै विंगब्याकद्वय नाहेल मोलिना र मार्कस अकुना अझ बढी आक्रामक भूमिकामा देखिने सम्भावना छ । मिडफिल्डमा रोड्रीगो डे पल सामान्य चोटका बाबजुद सुरुवात गरिरहेका छन् ।
यता नेदरल्यान्ड्सले स्टिभन बर्गवाइनलाई सुरुवाती रोजाइमा उतारेको छ । डेभि क्लासेन बेन्चमा जाँदा मेम्फिस डिपाएले आज नम्बर १० भूमिका निर्वाह गर्ने देखिन्छ । कोडी गाक्पो र बर्गवाइन आक्रमणमा देखिनेछन् । मिडफिल्डमा फ्रेंकी डे जोङ र मार्टेन डे रुनकै जोडी खेलेको छ ।
सुरुवाती ११ :
नेदरल्यान्ड्स : एन्द्रिज नोपर्ट, नाथन आके, भर्जील भान डाइक, जुरीएन टिम्बर, डेली ब्लिन्ड, फ्रेंकी डे जोङ, मार्टेन डे रुन, डेन्जेल डम्फ्राइज, मेम्फिस डिपाए, कोडी गाक्पो, स्टिभन बर्गवाइन
अर्जेन्टिना : एमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, नाहेल मोलिना, रोड्रीगो डे पल, एन्जो फर्नान्डेज, एलेक्सिस म्याक एलिस्टर, मार्कस अकुना, जुलियन अल्भारेज, लिओनेल मेस्सी

December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]