3 years ago
December 10, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ मा आज (शनिबार( क्वाटरफाइनल) का अन्तिम दुई खेलमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो सेमिफाइनलमा मोरक्कोले पोर्चुगलसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि अल थुमामा स्टेडियममा हुनेछ ।
दुवै टोली जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । विश्वकपको इतिहासमा पहिलोपल्ट क्वाटरफाइनलमा पुगेको मोरक्को अन्तिम आठमा पनि पोर्चुगललाई स्तब्ध पार्दै पहिलोपटक सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ ।
यता, युवा र प्रतिभावान् र स्टार खेलाडीले भरिएको पोर्चुगल पनि अफ्रिकी टोली मोरक्कोलाई हराएर सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । मोरक्को विश्वकपको पछिल्लो पाँचै खेलमा अपराजित छ ।
सन् २०१८ को विश्वकपको समूह चरणमै पोर्चुगलसँग १–० ले पराजित भएयता मोरक्को विश्वकपमा अपराजित छ । जसमा ३ (पेनाल्टीमा स्पेनमाथि) को जित पनि समावेश रहँदा २ खेलमा बराबरीमा नतिजा छ ।
युरोपको बलिया राष्ट्र क्रोएसियालाई बराबरी र बेल्जियमलाई पराजित गरिसकेको मोरक्को पोर्चुगलसँग खेल्दा त्यही उच्च मनोवलका साथै मैदान उत्रनेछ ।
अन्तिम १६ मा स्वीट्जरल्यान्डविरुद्ध खेल्दा ६–१ को रवाफिलो जित निकाल्दै क्वाटरफाइनलमा पुगेको पोर्चुगल सोही जितको लयलाई मोरक्कोविरुद्धको खेलमा पनि दिन चहान्छ ।
अर्काे खेलमा राति १२ः४५ बजे अल बायट स्टेडियममा साविक विजेता फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको नतिजासँगै विश्वकपको सेमिफाइनल समिकरण पूरा हुनेछ ।
फ्रान्स र इंग्ल्यान्ड प्रतिस्पर्धा गरिरहँदा सबैको नजर फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेमा नै रहनेछ । किनकि गोल्डेन बुटको दौडमा अगाडि रहेका उनकै भरमा फ्रान्स रहेको छ । विश्व च्याम्पियन फ्रान्सले उनै एमबाप्पेको दुई गोल सहयोगमा पोल्याण्डलाई ३–१ ले हराएर उपाधि जित्ने सम्भावना जीवितै राखेको छ ।
पछिल्लो तीन खेलमा एक गोल पनि नखाएको इंग्ल्यान्ड राम्रो स्थितिमा उभिएको छ । प्रशिक्षक ग्यारेथ साउथगेट टोलीलाई सेमिफाइनलमा पु¥याउने प्रशिक्षक बन्न सक्छन् । तर यसका लागि इंग्ल्यान्डको फ्रान्सको बलियो चुनौती पन्छाउनु पर्नेछ । पछिल्ला आठमध्ये ६ पटक क्वाटरफाइनलबाटै बाहिरिएको इंग्ल्यान्ड यसपटक त्यो भन्दा अगाडि बढ्न चहान्छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]