3 years ago
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा मोरक्को र पोर्चुगल भिड्दैछन् । खेल नेपाली समय अनुसार रातको ८:४५ बजे सुरु हुनेछ ।

अन्तिम १६ को खेलमा स्पेनलाई टाइब्रेकरमा पाखा लगाउँदै मोरक्को क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको थियो । यता पोर्चुगल भने युरोपेली टोली स्विटजरल्यान्डविरुद्ध गोलको वर्षा गर्दै अन्तिम ८ मा प्रवेश गरेको थियो । मोरक्को पहिलो पटक क्वाटरफाइनलमा पुगेको इतिहासलाई थप अविस्मरणीय बनाउन चाहन्छ । आजको खेल जित्दै सेमिफाइनलमा प्रवेश गरे, यो उपलब्धि हासिल गर्ने मोरक्को पहिलो अफ्रिकी राष्ट्र बन्नेछ ।
यसअघि मोरक्को र पोर्चुगलले विश्वकपमा दुई पटक खेलेका छन् । सन् १९८६ मा मोरक्कोले ३-१ को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रिस्टियानो रोनाल्डोको हेडर गोलमा पोर्चुगल १-० ले विजयी भएको थियो । आजको खेलमा रोनाल्डोले सुरुवात गर्ने सम्भावना निकै कम छ ।
पछिल्लो खेलमा ह्याट्रिक गरेका फरवार्ड गोन्कालो रामोसले टोलीमा स्थान निरन्तर राख्ने सम्भावना छ । अन्तर्राष्ट्रिय फुटबलमा पहिलो पटक सुरुवाती रोजाइमा खेल्दा नै ह्याट्रिक गरेका उनले विश्वकपमा चार गोल गरिसकेका छन् ।

मोरक्कोले यसपटक रक्षात्मक रुपमा निकै राम्रो प्रदर्शन गरेको छ । हालसम्म युरोपेली राष्ट्रविरुद्ध तीन खेल खेल्दा कुनैमा गोल खाएको छैन । पोर्चुगलले यसअघि खेलेका विश्वकपको दुवै क्वाटरफाइनल खेलमा जित हासिल गरेको इतिहास छ ।
फिफा विश्वकपमा अफ्रिकी राष्ट्र सहभागी भएको १३ नकआउट खेलमध्य ९ खेल अतिरिक्त समयमा पुगेको छ । मोरक्कोले यस प्रतियोगिताको ४ खेलमा जम्मा एक गोल खाएको छ, त्यो पनि आत्मघाती गोल थियो । यता पोर्चुगलले भने विश्वकपको पछिल्लो १० खेलमा लगातार गोल गरेको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]