3 years ago
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत तेस्रो क्वाटरफाइनलमा पोर्चुगल र मोरक्को भिड्दैछन् । खेल नेपाली समयअनुसार रातको ८:४५ बजे सुरु हुनेछ ।

पोर्चुगलले आज आफ्नो सुरुवाती ११ मा कुनै परिवर्तन गरेको छैन । कप्तान क्रिस्टियानो रोनाल्डो बेन्चमा रहँदा पेपेले कार्यवाहक कप्तानको जिम्मेवारी सम्हालेका छन् । आक्रमणमा गोन्कालो रामोसले नै सुरुवात गरेका छन् ।
यता मोरक्कोका लागि भने दुई महत्त्वपूर्ण डिफेन्डर टोलीमा छैनन् । लेफ्ट ब्याकमा खेल्दै आएका बायर्न म्युनिखका नोसेर माजराउइ र वेस्ट ह्यामका सेन्टर डिफेन्स नाएफ अगेर्ड टोलीमा छैनन् ।
पोर्चुगल सुरुवाती ११ :
डिअोगो कोस्टा, पेपे, रुवेन डियास, डिअोगो डालोट, राफाएल गुरेरो, रुवेन नेभेस, अोटाभियो, ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, जोआअो फेलिक्स, गोन्कालो रामोस
मोरक्को सुरुवाती ११ :
यासिन बोनो, अक्रफ हाकिमी, रोमन साइस, जवाद एल यामिक, याहया अतिअत-अल्लाह, सोफ्यान अम्राबाट, अजेदिन अोनाहि, सेलिम अमाल्लाह, हाकिम जिएच, सोफियान बौफाल, युसुफ एन नेसरी
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]