3 years ago
December 10, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले आफ्नो धारणा प्रस्तुत गरेका छन् ।

सान्तोसले हारका कारण टोलीका कप्तान क्रिस्टियानो रोनाल्डो र आफू सबैभन्दा बढी दुखि भएको बताए । यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए ।
‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी वहाँहरुभन्दा निराश छौं । हाम्रो टोली निकै राम्रो थियो । उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो । तर आज यो हारले निकै दुख लागेको छ ।’
‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’

‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४-५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’
‘हामीले फाइनल पुग्ने मात्र होइन, फाइनल जित्ने पनि लक्ष्य राखेका थियौं । तर अफसोस त्यो हुन सकेन ।’
प्रशिक्षक सान्तोसले अहिले नै पद छोड्नेबारे कुनै निर्णय नलिएको पनि प्रष्ट पारे । ‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले थपे ।

रोनाल्डो टोलीमा नराख्दा र उनीसँग मिडियामा जोडिएको चर्चाका कारण टोलीलाई कुनै असर नगरेको सान्तोसले बताए । ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुखि छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन् ।’
‘मलाई लाग्दैन आज रोनाल्डो नखेलाएर हामीले गल्ती गर्यौं । मलाई उक्त निर्णयमा कुनै दुख छैन । हामीले खेलको स्थिति हेरेर नै यो निर्णय लिएका हौं । जसरि स्विटजरल्यान्ड विरुद्ध रणनीति सफल देखिएको थियो, आज गोल निस्कन सकेन । मलाई लाग्दैन हाम्रो निर्णय गलत थियो ।’
यो पनि : रोनाल्डो रुँदै विश्वकपबाट बिदा भए
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]