3 years ago
December 11, 2022
एजेन्सी – कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनलको समिकरण पूरा भइसकेको छ । ६४ मध्ये ६० खेल समाप्त भइसक्दा अब अन्तिम ४ खेलमा प्रतिस्पर्धा हुन बाँकी छ ।

अब ४ खेल मात्रै बाँकी हुँदा गोल्डेन बुटको दौड पनि रोमाञ्चक बनेको छ । फ्रान्सका फरवार्ड केलियन एमबाप्पे गोल्डेन बुट जित्ने दौडमा सबैभन्दा अघि रहँदा उनलाई आफ्नै टोलीका फरवार्ड ओलिभर जिरुड र अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पछ्याइरहेका छन् ।
यस दौडबाट इक्वेडरका कप्तान एनर भ्यालेन्सिया, स्पेनका अल्भारो मोराटा, ब्राजिलका रिचार्लीसन, इंग्ल्यान्डका बुकायो साका र मार्कस रासफर्ड, नेदरल्यान्ड्सका कोडी गाक्पो र पोर्चुगलका गोन्कालो रामोस बाहिरिसकेका छन् । उनीहरुले समान ३ गाेल गरेका थिए ।
हालसम्म ६० खेलमा १५८ गोल भएको छ । एमबाप्पेले ५, मेस्सी र जिरुडले समान ४ गोल गरेको छ । ७ खेलाडीेले ३ गोल, २१ खेलाडीले २ गोल, ८० खेलाडीले १ गोल र २ आत्मघाती गोल भएको छ ।
विश्वकपमा बढी गोल गर्ने खेलाडीलाई यो गोल्डेन बुट प्रदान गरिन्छ । दुई खेलाडीको गोल बराबर भएमा त्यसमा असिस्ट गर्ने छानिन्छ । त्यसमा पनि बराबरी भएको अवस्थामा कम समय खेल्नेलाई यो अवार्ड प्रदान गरिने प्रावधान छ । कतार विश्वकपको गोल्डेन बुटको दौडमा को अघि छन् त हेरौं ।

केलियन एमबाप्पे (फ्रान्स)
२३ वर्षीय केलियन एमबाप्पे यस विश्वकपमा ५ गोल र २ असिस्टसहित सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका छन् । फ्रान्सले सेमिफाइनल सम्मको यात्रा तय गर्दा फ्रान्सले ११ गोल गर्दा उनी ७ गोलमा प्रत्यक्ष रुपमा संलग्न छ । उनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग र समुह चरणमा ट्युनिसियासँग गोल गर्न सकेनन् ।
दोस्रो विश्वकप खेलिरहेका उनी विश्वकपमा सर्वाधिक गोलकर्ता बन्ने सम्भावना पनि छ । त्यसका लागि उनले अब ८ गोल गर्नुपर्ने हुन्छ । दुई विश्वकपमा ९ गोल गरिसकेका उनले थप गोल गर्न सक्ने क्षमता राख्दछन् । फ्रान्स सेमफिाइनलमा पुगिसकेको छ । फाइनलमा पुगेको अवस्थामा उनले आफ्नो गोलसङ्ख्या बढाएर सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न चहान्छन् । तर एमबाप्पेले आँफु गोल्डेन बुट भन्दा पनि विश्वकप जित्न आएको बताएका छन् ।

ओलिभर जिरुड (फ्रान्स)
गोल्डेन बुटको दौडमा एमबाप्पेलाई पछ्याइरहेका भेट्रान फरवार्ड ओलिभर जिरुड फ्रान्सका सर्वाधिक गोलकर्ता हुन् । उनले यसै विश्वकपमा ४ गोल गर्दै लेजेन्ड थिएरी हेनरीको ५१ गोलको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाइसकेका छन् ।
अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा दुई गोल गरेका ३६ वर्षीय जिरुडले त्यसपछि डेनमार्क र ट्युनिसियाविरुद्धको खेलमा भने गोल गर्न सकेनन् । प्रि–क्वाटरफाइनलमा पोल्यान्डमाथि ३–१ को जित निकालेको खेलमा उनले एक गोल गरे । ३६ वर्षीय जिरुडले क्वाटरफाइनलमा इंग्ल्यान्डमाथि २–१ को जित निकालेको खेलमा विजयी गोल गरेका थिए । उनले असिस्ट भने दिएका छैनन् ।

लियोनेल मेस्सी (अर्जेन्टिना)
अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले ५ खेलमा ४ गोल र २ असिस्ट गर्दै गोल्डेन बुट जित्ने आशा जीवितै राखेको छ । कप्तान लियोनेल मेस्सी अर्जेन्टिनाको महत्वपूर्ण खेलाडी हुन् । उनकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले सेमिफाइनसम्मको यात्रा तय गरिसकेको छ । उनी यस विश्वकपमा ५ खेलबाट ४ गोल र २ असिस्ट दिएर सर्वाधिक गोलकर्ताको सुचीमा संयुक्त रुपमा दोस्रो स्थानमा रहँदा गोल्डेन बुटको दावेदारको रुपमा रहेको छ ।
३५ वर्षीय मेस्सीले साउदी अरेबियासँग २–१ ले पराजित भएको खेलमा १ गोल गरेका थिए । मेक्सिकोविरुद्ध उनले एक गोल र असिस्ट प्रदान गरे । पोल्यान्डविरुद्ध गोल गर्न नसकेका उनले अष्ट्रेलियाविरुद्ध एक गोल गरे । क्वाटरफाइनलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ४–३ ले पराजित गरेको खेलमा उनले निर्धारित समयमा एक गोल र एक असिस्ट दिएका थिए । ४ मध्ये उनको २ गोल पेनाल्टीमा रहेको छ । पाँच विश्वकप खेलेका उनले विश्वकपमा आफ्नो गोलसंख्या १० पु¥याएको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]