default_image

3 years ago

December 12, 2022

अर्जेन्टिना र क्रोएसियाको यस्तो छ इतिहास

367 views

0 Bookmark

एजेन्सी – उपाधि दावेदार अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार मंगलबार मध्यरात १२:४५ बजे (बुधबार विहान) लुसेल रंगशालामा हुनेछ ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्वाटरफाइनलमा पेनाल्टी सुटआउटमा विपक्षी टोलीलाई पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेका हुन् । यी दुई टोली यसअघि फिफा विश्वकपमा दुई पटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १-० को जित दर्ता गरेको थियो । त्यस्तै सन् २०१८ मा भने क्रोएसियाले ३-० को यादगार जित हासिल गरेको थियो ।

क्रोएसियाले हालसम्म दुई पटक विश्वकपको सेमिफाइनलमा प्रतिस्पर्धा गरेको छ । सन् १९९८ मा फ्रान्ससँग पराजित भएको क्रोएसियाले सन् २०१८ मा भने इंग्ल्यान्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । अर्जेन्टिनाले हालसम्म सेमिफाइनलमा हार बेहोरेको छैन । सन् १९३० मा अमेरिका, १९८६ मा बेल्जियम, १९९० मा इटाली र २०१४ मा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको छ ।

अर्जेन्टिनाले पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमा मात्र साउदी अरेबियासँग एक खेल हार बेहोरेको छ । अर्जेन्टिनाले युरोपेली राष्ट्रविरुद्ध विश्वकपमा खेलेको नकआउट चरणको १४ मध्य ८ खेल अतिरिक्त समयमा लम्बिएको छ । मेस्सीले लोथार मथाउसको सर्वाधिक २५ खेलको कीर्तिमान बराबरी गर्नेछन् ।

यता क्रोएसियाले पछिल्लो १२ विश्वकप खेलमा एकमात्र हार बेहोरेको छ । पछिल्लो १० नकआउट खेलमा टोलीले ८ जित दर्ता गरेको छ । तर क्रोएसियाको पछिल्लो ६ मध्य ५ खेल अतिरिक्त समयमा लम्बिएको छ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ हजार र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.