default_image

9 years ago

December 27, 2016

फुटबल क्लब समिति गठन, केसी तदर्थ समिति संयोजक

137 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल विकासका लागि सामूहिक प्रयास थाल्ने उद्देश्यका साथ ए डिभिजन क्लबहरु नेपाल क्लब फुटबल समिति गठन गर्न सहमत भएका छन् । जावलाखेल युथ क्लबको पहलमा मंगलबार ए डिभिजन क्लबका पदाधिकारीहरुको भेलाले समिति गठनको अनौपचारिक सहमति जुटाएको हो ।

15724769_1758903864435191_6073077127826739723_o

भेलाले जावलाखेल क्लबकै अध्यक्ष ठूलोभाई केसीलाई तदर्थ समितिको संयोजक तोकेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को स्वीकृतिपछि समितिले औपचारिकता पाउने जावलाखेल क्लबका महासचिव मनमोहन केसीले जानकारी दिए । भेलामा ९ क्लबका प्रतिनिधिको सहभागिता रहेको थियो । भेलामा तीन विभागिय टोली तथा लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी र न्युरोड टिम (एनआरटी) सहभागिता थिएन । एनआरटीका अध्यक्ष दीपकहर्ष बज्राचार्यले सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चलमा रहेकाले आउन नसक्ने र मनाङसँग सम्पर्क हुन नसकेको महासचिव केसीले बताए । बज्राचार्य नेपाल जुडो संघका अध्यक्ष समेत हुन् ।

एन्फाको लापरवाहीका कारण छनोट चरण पार भएर पनि रुस्लान थ्री स्टार क्लबले एएफसी कप प्ले अफ खेल्न नपाएपछि पछिल्लो पटक फुटबल क्लब समितिको चर्चा सुरु भएको थियो । ‘क्लबहरु फुटबल विकासका लागि नै गठन भएका हुन् । एक्ला एक्लै भन्दा पनि सामूहिक रुपमा प्रयास गर्दा लक्ष्य प्राप्त गर्न सहज हुने देखेर हामी एक ठाँउमा भेला भएका हौ ’ थ्री स्टारका कार्यवहाक अध्यक्ष अरुणमान जोशीले भने, ‘कुनै पनि विषयमा एक्लै लड्नु भन्दा मिलेर लड्दा सफलता प्राप्त हुने सम्भावना बढ्छ ।’ एन्फाबाट स्वीकृत भएपछि समितिमा हरेक क्लबबाट दुई दुई जना प्रतिनिधि राख्ने समेत सहमति जुटेको जावलाखेलका महासचिव केसीले बताए ।

सहिद स्मारक ए डिभिजन लिग सञ्चालनका विषयमा एन्फाले पुस १४ गते बैठक डोकेकाले सामूहिक धारणा बनाउनका लागि पनि क्लबहरु भेला भएका थिए । राष्ट्रिय लिग २०७२ को अन्त्य सम्पन्न भएपछि ए डिभिजन लिग २०७० बाट यता हुन सकेको छैन । अहिले अधिकांश क्लबहरु खेलाडी विहिन रहेकाले राष्ट्रिय लिग गर्ने र त्यसमा इच्छुक क्लबलाई सहभागि गराएर सञ्चालन गर्न एन्फालाई सुझाव दिने पनि भेलामा सहमति बनेको केसीले बताए । ‘एन्फाले बोलाएको बैठकमा जानुअघि सामूहिक छलफलबाट धारणा बनाउँदा बैठक पनि उपलब्धी मुलक हुन्छ ’ महासचिव केसीले भने, ‘पर्सी हुने बैठकलाई मध्यनजर गरेपनि हामीले भेला डोकेका हौं ।’

लिगका लागि तयारी खर्च २० बाट बढाएर २५ लाख रुपैयाँ पुर्याउन पनि एन्फासँग माग राख्नेमा क्लबहरु एकमत भएका छन् । छलफलमा हिमालयन शेर्पाका अध्यक्ष कर्मा छिरिङ शेर्पा, जावलाखेलका पूर्व अध्यक्ष सुनिल राणा, थ्री स्टारका कार्यवहाक अध्यक्ष जोशी र महासचिव सञ्जिव शिल्पकार, संकटाका अध्यक्ष इन्द्रमान तुलाधर, फ्रेन्ड्सका अध्यक्ष रत्नशम्सेर राणा, मछिन्द्र क्लबका अध्यक्ष जिवेन्द्र कर्माचार्य, सरस्वतीका उपाध्यक्ष उत्तम भण्डारी र सचिव भुवन पराजुलीलगायत क्लबका अन्य प्रतिनिधिको पनि उपस्थिति थियो ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.