9 years ago
December 27, 2016
दिपेश तिमल्सिना
भारत (सिलिगुडी)– चौथो महिला दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपमा दमदार सुरुआत गरेको नेपालले बुधबार अर्को खेलमा माल्दिभ्सको सामना गर्दैछ । माल्दिभ्सलाई हराउन सके नेपाल सेमिफाइनल यात्रा लगभग निश्चित भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा भुटानलाई ८—० को फराकिलो अन्तरले हराएको नेपालका लागि माल्दिभ्स नौलो र बलियो प्रतिद्वन्द्वि होइन । माल्दिभ्सले सन् २०१० मा पहिलो साफ च्याम्पियनसिपमा ६—० ले हराएको नेपालले २०१२ मा पनि ५—० ले पराजित गरेको थियो । पहिलो पटक भेटमा नेपाली टोलीका पूर्व कप्तान एवंम्स्ट्राइकर जमुना गुरुङले ह्याट्रिक गरेकी थिइन् ।
नेपाल आत्मविश्वासका साथ आर्लने तयारीमा छ भने माल्दिभ्स दाबेदारमध्येको नेपालसँग बदला लिने योजनमा हुनेछ । नेपाली टोलीका प्रशिक्षक कुमार थापाले माल्दिभ्ससँगको खेलमा जित हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । ‘६५ प्रतिशत हामीले खेल जित्ने सम्भावना छ,’उनले भने, ‘विपक्षी टोलीको खेल हेरेर रणनीति बनाउँछौ, खेल जित्नलाई समस्या छैन ।’ यो प्रतियोगितामा माल्दिभ्सले अहिलेसम्म नेपाललाई हराउन सकेको छैन ।
प्रशिक्षक थापाले भने,‘ माल्दिभ्ससँगको खेलमा हामी नै हावी हुन्छौं, खेलाडीले उच्च मनोबलका साथ खेल्छन् भन्ने विश्वास छ । ’ नेपाली टोलीकी कप्तान रेणुका नगरकोटीले माल्दिभ्ससँगको खेलको नजिता आफुहरुकै पक्षमा पार्ने गरी तयारी गरेको बताइन् । ‘ यो प्रतियोगितामा हामी ३ पटकसम्म उपविजेता भएका छौ,’ उनले भनिर्‘ यो पटक विजेता बन्ने गरी नै आएका छौं, टिम वर्क राम्रो भयो भने खेल जित्नेछौं ।’ भुटान भन्दा माल्दिभ्स राम्रो टोली भएकाले सोही अनुसार खेल्ने उनको भनाई छ ।

भुटानको खेलमा एक्लै ६ गोल गरेकी सावित्रा भण्डारीले माल्दिभ्ससँगको खेलमा पनि राम्रो खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् । ‘भुटान भन्दा माल्दिभ्स राम्रो छ,’ उनले भनिन्,‘ वरियता र खेलमा पनि हामी नै माथि छौ । विपक्षीलाई कमजोर ठान्नु हुन्न भन्नेमा हामी सचेत छौं ।’
माल्दिभ्स पनि श्रीलंकालाई सोमबार ५—२ ले हराएर उच्च मनोबलका साथ नेपालविरुद्ध उत्रने तयारीमाा रहनेछ । समूह बि मा आयोजक भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन हो । तीनै पटक फाइनलमा भारतले नेपाललाई हराएको थियो ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]