9 years ago
December 27, 2016
प्रकाश तिमल्सिना
काठमाडौं – नेपालले एएफसी एसिया कप फुटबलको छनोटमा भाग लिने मौका पाएको छ । ग्वामले छनोटबाट नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले त्यो ठाँउमा नेपाललाई मौका दिन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

डेढ महिनाअघि मलेसियाको कुचिङमो एएफसी सोलिडारिटी कप जितेले नेपाललाई एएफसीले नेपाललाई मौका दिन लागेको बताएको छ । छनोटको समूह विभाजन र खेलतालिका जनवरी १७ मा हुनेछ । छनोटमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा भाग लिने टोलीलाई ६ समूहमा विभाजन गरिनेछ । लिगकम नकआउट पछि हरेक समूहका शीर्ष दुई टोली सन् २०१९ मा हुने एएफसी एसिया कपको फाइनल राउन्डमा पुग्नेछन् ।
नेपालले यसअघि नै एसिया कप छनोट खेल्ने मौका पाएपछि पहिलो चरणमै असफल भएको थियो । विश्व कप २०१८ र एएफसी एसिया कप २०१९ का लागि भएको होम एन्ड अवे छनोटमा नेपाललाई भारतले हराएको थियो । भारतमा २–० ले पराजित भएको नेपालले काठमाडौंमा भने गोलरहित बराबरी खेलेको थियो । पहिलो चरणमै असफल भएपछि नेपालले फेरी एकपटक एएफसीको माथिल्लो स्तरको प्रतियोगिताको छनोट खेल्ने मौका पाउने लागेको हो ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]