default_image

9 years ago

December 27, 2016

प्रशिक्षक थापाले टोलीका साथ जन्म दिन मनाए

111 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलिगुडी – नेपाली महिला टोलीका प्रशिक्षक कुमार थापाले मंगलबार टोलकिा खेलाडीका साथ जन्मदिन मनाएका छन् । महिला साफ च्याम्पियनसिपमा नेपाललाई च्याम्पियन बनाउने लक्ष्यका साथ यहाँ आएका थापालाई खेलाडीले उनकै फोटो उपहार दिएका थिए ।
kumar
केही दिनअघि प्रशिक्षकका रुपमा थापाले डेब्यू गरेको खेलका दौरान खिचिएको फोटो उनलाई दिइएको थियो । मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलमा उनले डेब्यू गरेका थिए । मलेसियासँग नेपाल १–० ले विजयी भएको थियो ।
थापाले खेलाडीका बीचमा केक काटेका थिए । थापाको प्रशिक्षणमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरिसकेको छ । भुटानलाई ८–० ले हराएको नेपालले बुधबार माल्दिभ्सको सामना गर्दैछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.