9 years ago
December 28, 2016
इटहरी (हाम्रो खेलकुद)– सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा सहभागी भएर फर्किदैं गरेका पश्चिमाञ्चल महिला फुटबल टोलीका खेलाडी भोकै घर फर्कन बाध्य भएका छन् । सुनसरीको दुहबीमा आयोजना भएको महिला फुटबलमा पश्चिमाञ्चल समूह चरणबाटै बाहिरिएको थियो ।

पूर्वदेखि पश्चिमसम्मको लामो यात्राको दौरान घर फर्किरहेका फुटबल खेलाडीलाई भोकै परेको पश्चिमाञ्चल फुटबल टोलीका खेलाडी लक्ष्मण रुचालले फेसबुक स्ट्याटसमार्फत गुनासो गरेका छन् ।
नेपालका लागि अन्तराष्ट्रिय स्तरका फुटबल खेलिसकेका स्याङ्जा निवासी लक्ष्मणले लेखेका छन्,‘सातौं राष्ट्रिय खेलकुदमा पश्चिमाञ्चलबाट महिला फुटबलमा भाग लिन विराटनगर गएका स्याङ्जाका नानीहरुलाई नाइट गाडमिा फर्कने क्रममा खाना र खाजा समेत नखुवाई रातभरी भोको पेट घर फर्कायो , अब हामी कसरी अरु बेला खाली पेट खेल्न हिड्ने भनेर गुनासो गरे स्याङ्जाको महिला फुटबलका नानीहरुले, यो कुरालाई कसरी बुझ्ने हो । हामीले आशा गरौं हाम्रो पुरुष खेलाडहिरुलाई त्यस्तो आउन्न होला ।’

पुस ८ देखि पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुदमा कमजोर व्यवस्थापनका कारण विवादलगायत अन्य समस्या आइरहेकोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को चर्को आलोचना भइरहेको छ ।
December 13, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]