9 years ago
December 28, 2016
दिपेश तिमल्सिना
सिलगुढी– चोटका कारण मनमाया लिम्बुले महिला साफ च्याम्पियनसिपमा बुधबार माल्दिभ्ससँग नखेल्ने भएकी छन् । भुटानसँग सोमबार भएको खेलमा दौरान लडेर राइट डिफेन्स उनको दायाँ गोलीगाँठामा चोट लागेको थियो । मनमायाले मंगलबार अभ्यास गरिनन् ।

उनको ठाँउमा प्रशिक्षक कुमार थापाले अन्चली वाइवा वा कविता धिमाललाई खेलाउने सम्भावना छ । भुटानलाई ८–० ले हराउँदै नेपालले बलियो दाबेदारी प्रस्तुत गरेको थियो । उता माल्दिभ्स पनि पहिलो खेल जितेर नेपालसँग भिड्दैछ ।
प्रशिक्षक थापाले पहिलो रोजाइमा केही परिवर्तनको संकेत गरेका थिए । उनले वैकल्पिक खेलाडी पनि उनीकै क्षमतावान भएकाले अवस्था हेरेर परिवर्तन गर्न सक्ने बताएका थिए । १० दिनका बीचमा ५ खेल सम्म खेल्नु पर्नेभएकाले त्यहि अनुरुप खेलाडीलाई आराम दिने सोच थापाको छ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]