default_image

9 years ago

December 28, 2016

झापा गोल्डकप १० क्लब, विजेताले ७ लाख पाउने

133 views

0 Bookmark

बिर्तामोड (हाम्रो खेलकुद)– मोफसलकोे प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको दोस्रो संस्करण शुक्रबारसुरु हुने भएको छ । गोल्डकपको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै माघ १५ देखि २४ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी गरायो ।

jhapa

आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले झापा गोल्डकपको दोस्रो संस्करणमा पुरस्कार राशि पनि बढाइएको बताए । ‘यसपटकको विजेताले ७ लाख रुपैयाँसहित ट्रफी पाउनेछ’, उनले भने, ‘दोस्रो हुने टोलीले ३ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । ’ तीन विदेशी टिमसहित १० टोलीले प्रतियोगितामा भाग लिने झापा जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताए । भुटान, भारतको सिक्किम र मुम्बईबाट एक एक , आयोजक रमपम झापा ११ सहितको टोलीले प्रतिस्पार्ध गर्नेछ । ‘यो गोल्डकप झापाकै गहना हो’, आयोजक समितिका अध्यक्ष गिरीले भने, ‘फुटबल पर्यटनको रुपमा झापालाई विकसित गराउने हाम्रो लक्ष्य हो ।’

७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गोल्डकपबाट एक करोड संकलनको लक्ष्य राखिएको छ । पाँच हजार सिजनल टिकट घरदैलो अभियानमार्फत विक्रि गरि आर्थिक संकलगन गर्ने योजना आयोजक समितिको रहेको अध्यक्ष गिरिले बताए । उनले भने, ‘घरदैलो सहयोग जुटाएर चन्दा माग्ने प्रवृत्तिको अन्त्य गर्ने हाम्रो सङ्कल्प हो ।’

समितिका महासचिव केशवराज दाहालले गोल्डकपका लागि १ सय ११ सदस्यीय मुल आयोजक समिति र ५१ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । समितिका बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले प्रतियोगिता सफल पार्न सञ्चारकर्मीसँग सहयोगको आग्रह गरे । १० दिन सम्म चल्ने प्रतियोगिताले अहिले सम्म मुख्य प्रायोजक भने पाइसकेको छैन ।

December 13, 2025

चेल्सी र लिभरपुलको जित

एजेन्सी – प्रिमियर लिगमा शनिवार चेल्सी र लिभरपुल विजयी भएको छ। चेल्सीले स्टामफोर्ड ब्रिजमा एभर्टनलाई २–० ले हराउँदै प्रिमियर लिगमा चार खेलपछि जित निकालेको हो।खेलको २१ औं मिनेटमा कोल पाल्मर र मालो गुस्टोले ४५ औं मिनेटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। लामो समयको चोटपछि फर्किएका पाल्मरले सेप्टेम्बरयताकै पहिलो लिग गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। […]

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

Success

Thank you for your time.