default_image

7 years ago

December 28, 2016

महिला साफ २०१६: नेपालविरुद्ध माल्दिभ्स : प्रत्यक्ष अपडेट

नेपाल ९-० माल्दिभ्स १२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल ९०+३’ निर्मला विके(नेपाल) भारतीय समय: ६:३० सिलगुढी, भारत दिपेश तिमल्सिना (सिलगुढी) – चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस […]

27 views

0 Bookmark

नेपाल -० माल्दिभ्स

१२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल ९०+३’ निर्मला विके(नेपाल)

भारतीय समय: ६:३०

सिलगुढी, भारत

दिपेश तिमल्सिना (सिलगुढी)चौथो महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज दोस्रो खेलमा माल्दिभ्सको सामना गर्दैछ । खेलको प्रत्यक्ष अपडेट यहाँ पाउन सक्नुहुनेछ । कृपया अपडेडका लागि पेज रिफ्रेस गर्दै गर्नुहोला ।

line-up

सुरुआती ११
नेपाल: नमिता ( किपर), गिता राना, पुनम जर्झा मगर, हिरा कुमारी भुर्तेल, सबित्रा भण्डारी, अनिता बस्नेत, अन्चली वाईवा, रेनुका नगरकोटी (कप्तान), दिपा राई, शर्मिला थापा, मन्जली कुमारी योन्जन

माल्दिभ्स: आइशाथ(किपर), माहिना, आमिनाथ, हनिफा, ईब्राहिम ,रिफा,शाहुला, शामिला, मिर्फात, समा, थिबा

-महिला साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीचको प्रत्यक्ष अपडेटमा साथ दिनुभएकोमा हाम्रो खेलकुदडटकम यहाँहरु प्रति आभार व्यक्त गर्न चाहन्छ । थप समचारका लागि हाम्रो साथमा रहनु होला । नेपाल र श्रीलंकाबीच शुक्रबार हुने खेलमा पनि प्रत्यक्ष अपडेटमा हाम्रो भेट हुनेछ । धन्यवाद

-नेपाल र माल्दिभ्सबीचको खेल समाप्त भएको छ । नेपाल ९–० ले विजयी भएको छ । समूह एमा नेपाल दुई जितका साथ ६ अंकका साथ शीर्षस्थानमा छ । श्रीलंका र माल्दिभ्सको समान ३ अंक छ भने भुटान अंक बिहिन छ ।

–दुई खेलमा नेपालको १८ गोल । जसमध्ये ११ गोल सावित्रा भण्डारीले गरेकी थिइन् ।

९०+३’ – गोल……………………. निर्मला विकेको गोल । उनी ८१ औं मिनेटमा पुनमको ठाँउमा मैदान प्रवेश गरेकी थिइन् ।

–नेपाल रहेको समूहमा दिउँसो भएको खेलमा श्रीलंकाले भुटानलाई २–० ले हराएको थियो ।

९०’– ४ मिनेट इन्जुरी समय थपिएको छ ।

८१’– नेपालको खेलाडी परिवर्तन । पुनम जार्घामगरको ठाँउमा निर्मला विके मैदान प्रवेश गरेकी छिन् ।

८०’– पहिलो खेलमा श्रीलंकालाई ५–२ ले हराएको माल्दिभ्स नेपालसँग निकै कमजोर देखिएको छ । अहिले सम्म नेपाल खेलमा ८–० ले अगाडी ।

८०’– माल्दिभ्सकी गोलकिपर घाइते भएकी छिन् ।

७४’– हिराकुमारी भुजेलले झन्डै ३० यार्डबाट हानेको बल सिधै गोलमा परिणत भएको थियो । नेपाल ८–० ले अगाडी ।

७४’– गोल……………………… नेपालले अर्को गोल गरेको छ । नेपाल ८–० ले अगाडी । नेपालले पहिलो खेलमा भुटानलाई ८–० ले नै हराएको थियो

७१’– सावित्राले दायाँबाट क्रस गरेको बलमा सपनाले सहजै ट्याप गरेर गोल गरेकी हुन्

७१’– गोल…………………….. नेपालका लागि सपना लामाले गोल गरेकी छिन् । सावित्राको पासमा सपनाले गोल गरेकी हुन् । नेपाल ७–० ले अगाडी ।

– सावित्राले पाँचौं गोल अनिताको पासमा गरेकी थिइन् । उनले विपक्षी गोलकिपरलाई नघाउँदै गोल गरेकी हुन्

६५’– नेपालको खेलाडी परिवर्तन । अनिता बस्नेतको ठाँउमा सपना लामा 

६३’– गोल…………………………………. सवित्राले पाँचौ गोल गरेकी छन् । नेपाल ६–० ले अगाडी

५२’–अनिताले बायाँबाट दिएको पासमा मन्जलीले गोल गरेकी हुन्
५०’-सावित्राले बायाँबाट अघि बढाउँदै पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलमा त्यो उनको चौथो गोल हो
सच्याइएको -५० औं मिनेटमा सावित्रा भण्डारीको चौथो गोल । ५२ औं मिनेटमामा मन्जलीकुमारी योञ्जनको गोल

५२’– नेपालको अर्को गोल । नेपाल ५–० ले अगाडी

५०’– अनिताले दिएको पासमा मन्जलीले गोल गरेकी हुन् । च्याम्पियनसिपमा मन्जलीको त्यो पहिलो गोल हो

५०’– गोल………………..मन्जली कुमारी योञ्जनको गोल । नेपाल ४–० ले अगाडी

४६’– साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच खेलको दोस्रो हाफ सुरु

……………………………………………………..

– सावित्रा भण्डारीले २ खेलमा ९ गोल गरिसकेकी छिन्

३९’– दायाँबाट अनिताले प्रहार गरेका कर्नर गोलकिपरले नियन्त्रणमा लिन नसक्दा सावित्राले हेडमार्फत गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । उनले भुटानविरुद्धको खेलमा पनि पहिलो हाफमै ह्याट्रिक गरेकी थिइन् ।

३९’– सावित्राले लगातार दोस्रो खेलमा ह्याट्रिक पुरा गरेकी छिन्

३९’– गोल……………….. सावित्रा भण्डारीले अर्को गोल गर्दै ह्याट्रिक पुरा गरेकी छिन्

३५’–सावित्रालाई विपक्षी रक्षक हानिफाले लडाएपछि नेपालले फ्रिकिक पायो । गीता रानाले फ्रिकिक प्रहार गरिन् । शर्मिलामा थापाले हेड गर्न सकिनन्

३३’– मिनेटमा माल्दिभ्सकी रक्षक आमिनाथ  घाइते, उपचार हुँदै

– सावित्राले भुटानविरुद्ध २२ मिनेटमा ह्याट्रिक पुरा गरेकी थिइन् । आज २८ मिनेटमा दुई गोल गरेकी छिन्

२८’– दीपाले सेन्टरबाट दिएको पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल गोलमा परिणत

२८’– गोल…………………..नेपालको अर्को गोल । फेरी सावित्रा भण्डारीले गोल गरेकी छिन्

२५’– मन्जलीले झन्डै २५ यार्डबाट प्हार गरेको बल विपक्षी गोलकिपरले पन्च गरिन् । मन्जली चोटग्रस्त मनमाया लिम्बुको ठाँउमा खेलेकी हुन्

२४’– निर्मलाको थ्रो सावित्राले बल लिन अघि बढ्दा विपक्षी गोलकिपरले नियन्त्रणमा लिइन्

– के सावित्रा भण्डारीले आज पनि ह्याट्रिक गर्लिन, उनले भुटानविरुद्धको पहिलो खेलमा दोहोरो ह्याट्रिक गरेकी थिइन्

२०’– सावित्राको प्रहार विपक्षी खेलाडीले क्लियर गरेपछि नेपालले कर्नर पाएको छ

१७ ’– कुलिङ ब्रेक, दुवै टोली खेलाडी पानी पिउँदैछन्

– पेनाल्टी बक्स भित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नघाएर सावित्रा भण्डारीले गोल गरेकी थिइन्

१५ ’– सावित्रा भण्डारीले अर्को गोल गरेपछि रेफ्रीले अफसाइड लिइन्

१२ ’– नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी छिन् । उनले भुटानविरुद्ध दोहोरो ह्याट्रिक गरेकी थिइन्

१२’– नेपालले गोल हानेको छ

१०’– माल्दिभ्सकी फतिमाले ड्रिबल गर्दै अघि बढाएको बल नेपाली रक्षक पुनमले क्लियर गरिन्

७’– नेपालले झन्डै ३० यार्डबाट फ्रिकिक पाएको थियो । फ्रिकिक माल्दिभ्स मानव पर्खालमा ठोक्किएर फर्कियो

७’– माल्दिभ्सविरुद्ध नेपाल हावी भएपनि गतिलो आक्रमण भएको छैन

१’– साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीचको खेल सुरु

– खेल सुरु हुनै लागेको छ

– नेपाली खेलाडी राष्ट्रिय गान गाउँदै

– फिफा धुन बजेको छ । नेपाल र माल्दिभ्स दुवै टोलीका खेलाडी मैदानमा प्रवेश गर्दैछन् ।

– साफ च्याम्पियनसिपका यसअघिका तीनै संस्करणको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

– साफ च्याम्पियनसिपका यसअघिका तीनै संस्करणमा नेपाल उपविजेता बनेर फर्केको थियो । यसपटक कस्तो नतिजा आउला ?

– नेपाल टोलीको वार्मअप सकियो । अब केही समयमा खेल सुरु हुनेछ ।

– पहिलो खेलमा सावित्रा भण्डारीले दोहोरो ह्याट्रिक गरेकी थिइन् ।

– कुमार थापाको प्रशिक्षणमा रहेको नेपाली टोलीले पहिलो खेलमा भुटानलाई ८–० ले हराएको थियो ।

– यसअघि साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सबीच दुई पटक भेट भइसकेको छ । दुवैपटक नेपाल विजयी भएको थियो ।

– मनमाया लिम्बुको ठाँउमा अन्चली वाइवालाई मौका दिइएको छ । मनमाया भुटानसँगको खेलमा घाइते भएकी थिइन् । त्यस्तै एन्जिलाको ठाँउमा नमिता कुमारी दलीलाई खेलाईएको छ ।

 

May 2, 2024

पिएसजी विरुद्ध पहिलो लेगमा डर्टमुण्डलाई अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमीफाइनल अन्तर्गत पहिलो लेगको समाप्तिमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता बनाएको छ । घरेलु मैदानमा भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मान माथि १-० को जित दर्ता गरेको हो । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा एकमात्र गोल गरे । डिफेन्स लाइन बार निको श्लोटरबेकले […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

May 1, 2024

आयोजक र काठमाडौं गोदावरी मेयर कपको क्वार्टरफाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – आयोजक गोदावरी नगरपालिका र काठमाडौं महानगरपालिका गोदावरीमा अन्तर पालिका खुल्ला मेयर कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । गोदावरी १० टाहाखेल–झ्यालुन्टारस्थित प्रस्तावित गोदावरी बहुउद्देश्यीय रंगशालामा बुधबार ललितपुर महानगरपालिकालाई पेनाल्टी सुट आउटमा ५–३ ले हराउँदै गोदावरी बि अन्तिम आठमा पुगेको हो । अर्को खलमा काठमाडौं महानगरपालिकाले बुढानिलकण्ठ नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–२ […]

Success

Thank you for your time.