default_image

3 years ago

December 26, 2022

टोटेनहम र ब्रेन्टफर्डको बराबरी

306 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत फिफा विश्वकपको विश्रामपछि भएको पहिलो खेलमा टोटेनहम हट्सपर र ब्रेन्टफर्डले अंक बाँडेका छन् । घरेलु टोली ब्रेन्टफर्डले २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा २-२ को बराबरीमा चित्त बुझायो ।

ब्रेन्टफर्ड भिटाली जानेल्ट र आइभन टोनीको गोलमा अघि बढेको थियो । टोटेनहमका लागि विश्वकपबाट फर्केका ह्यारी केन र पिएर एमिल होएबिएरले गोल गर्दै खेलमा फर्काए । खेलको अन्त्यतिर टोटेनहमले लगातार दबाब सिर्जना गरेपनि जित हासिल गर्न भने सकेन ।

१५ औं मिनेटमा जानेल्टले घरेलु टोलीलाई अघि बढाएका थिए । वैकल्पिक गोलरक्षक फ्रेजर फ्रोस्टरले सुरुवाती प्रहार बचाउने प्रयास सफल नहुँदा उनी गोल गर्न सफल भए । विश्वकप फाइनल खेलेका स्पर्स तथा फ्रान्सका कप्तान ह्युगो लोरिस बेन्चमा रहँदा फ्रोस्टरले अवसर पाएका थिए ।

दोस्रो हाफको ५४ औं मिनेटमा आइभन टोनीले ब्रेन्टफर्डको अग्रता दोब्बर पारे । तर टोटेनहमले ६ मिनेटको अन्तरमा २ गोल गर्दै खेलमा पुनरागमन गरे । केनले क्लेमेन्ट लेंगलेटको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरे । त्यसपछि होएबिएरले पेनाल्टी क्षेत्रभित्र क्लियर हुन नसकेको बललाई पोस्टको दिशा दिए ।

यस नतिजासँगै टोटेनहम चौथो स्थानमा नै रहेको छ । टोटेनहमको १६ खेलमा ३० अंक छ । ब्रेन्टफर्ड १६ खेलमा २० अंकसहित नवौं स्थानमा छ ।

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.