default_image

9 years ago

December 28, 2016

महिला साफ च्याम्पियनसिप – माल्दिभ्सविरुद्ध पहिलो हाफमा नेपाल ३–० ले अगाडी

460 views

0 Bookmark

दिपेश तिमल्सिना
सिलगुढी – चौथो साफ च्याम्पियनसिपको दोस्रो खेलमा पनि नेपालले दमदार प्रदर्शनलाई निरन्तरता दिएको छ । सिलगुढीको कञ्चनजंगा मैदानमा जारी खेलको पहिलो हाफको समाप्तीमा नेपालले ३–० को अग्रता लिएको छ । नेपालको खेलमा आज पनि केन्द्रमा सावित्रा भण्डारी नै रहेकी छिन् ।

img_7830

पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिक गरेकी छिन् । १२ औं मिनेटमा पेनाल्टी बक्स भित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नघाएर सावित्रा भण्डारीले गोल गरेकी थिइन् ।

उनले अर्को गोल २८ मिनेटमा गरिन् । दीपाले सेन्टरबाट दिएको पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो । पहिलो हाफका लागि ६ मिनेट बाँकी रहँदा सावित्राले अर्को गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । अनिताले प्रहार गरेका कर्नर गोलकिपरले नियन्त्रणमा लिन नसक्दा सावित्राले हेडमार्फत गोल गरेकी थिइन् । साफ च्याम्पियनसिपमा यसअघिको दुई पटकको भेटमा नेपालले माल्दिभ्सलाई हराएको थियो ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.