default_image

9 years ago

December 28, 2016

महिला साफ च्याम्पियनसिपमा नेपालको दोस्रो जित – साबित्रा एक्लैले गरिन ५ गोल

179 views

0 Bookmark

दिपेश तिमल्सिना – सिलिगुडी  – भारतको सिलिगुडीमा जारी महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले माल्दिभ्स बिरुद्द ९-० को विजयी नतिजा निकालेको छ । पहिलो खेलमा ६ गोल गरेकी साबित्राले दोस्रो खेलमा ५ गोल गरेकी छिन ।

sabitra

लगातार दोस्रो जित हासिल गरेको नेपालको सेमिफाइनलमा स्थान लगभग पक्का भएको छ भने समुह बिजेता हुने सम्भावना पनि प्रवल छ । भुटानसँगको खेलमा घाइते भएकी मनमाया लिम्बुको स्थानमा अन्चली वाइवालाई मौका दिनु बाहेक नेपालले अन्य कुनै परिवर्तन गरेको थिएन ।

पहिलो हाल्फमा नेपाल ३-० को अग्रतमा रहदा साबित्रा भण्डारिले ह्याट्रीक गरेकी थीइन । १२ औं मिनेटमा पेनाल्टी बक्स भित्र विपक्षी गोलकिपर अघि बढेको मौका छोप्दै उनलाई नघाएर सावित्रा भण्डारीले गोल गरेकी थिइन् । दीपाले सेन्टरबाट दिएको पासलाई एक्लै अघि बढाउँदै सावित्राले पेनाल्टी बक्सको दायाँबाट प्रहार गरेको बल २८ मिनेटमा गोलमा परिणत भएको थियो ।  पहिलो हाफका लागि ६ मिनेट बाँकी रहँदा सावित्राले अर्को गोल गर्दै ह्याट्रिक गरेकी थिइन् । अनिताले प्रहार गरेका कर्नर गोलकिपरले नियन्त्रणमा लिन नसक्दा सावित्राले हेडमार्फत गोल गरेकी थिइन् ।

पहिलो हाल्फमा ३-० को अवस्थामा रहेको नेपालले दोस्रो हाल्फमा थप ६ गोल गर्‍यो । पहिलो हाल्फमा ३-० को अवस्थामा रहेको नेपालले दोस्रो हाल्फमा थप ६ गोल गर्‍यो । दोस्रो हाल्फको खेल सुरुभएको ५ मिनेटमा साबित्राले अर्को गोल गरिन । सावित्राले बायाँबाट अघि बढाउँदै पेनाल्टी बक्सबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यसको २ मिनेटपछी अनिताले बायाँबाट दिएको पासलाई सदुपयोग गार्दै मन्जली कुमारी योञ्जनले नेपालकोलागी अर्को गोल थपिन । त्यस्तै अनिताको असिस्टमा  विपक्षी गोलकिपरलाई नघाउँदै गोल गरेपछी साबित्राले आफ्नो पाचौं गोल पुरा गरिन । पाच गोल गरेकी साबित्राले ७१ मिनेटमा दायाँबाट गरेको क्रसलाई सहजै पास गर्दै सपनले नेपालको लागी थप गोल गरिन भने त्यसको ३ मिनेटपछी हिराकुमारी भुजेलले ३० यार्डबाट शानदार गोल गरिन । खेलको अतिरिक्त समयमा ८१ मिनेटमा मैदान प्रवेश गरिकी निर्मला विकेको गोल गर्दै नेपाललाई ९-० को सहज जितमा योगदान दिइन ।

समुहमा दुबै खेल जित्ने एकमात्र टोली नेपालले समुह ‘ए’ को अन्तिम खेलमा शुक्रबार श्रीलंकाको सामना गर्नेछ ।

December 12, 2025

युरोपा लिग – ६ टोलीको नकआउट चरण पक्का

एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्‍यो। खेलको सुरुवातबाटै […]

December 11, 2025

इस्ट बंगालको दोस्रो जित, एपिएफ रोकियो

काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]

December 11, 2025

राष्ट्रिय लिगको विजेताले ५० लाख पाउने

काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]

Success

Thank you for your time.