default_image

3 years ago

January 12, 2023

रियल म्याड्रिड फाइनलमा

303 views

0 Bookmark

एजेन्सी – ला लिगा प्रतिद्धन्द्धी भ्यालेन्सियाको चुनौती टाइब्रेकरमा पन्छाउँदै साविक विजेता रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।

रियलले भ्यालेन्सियालाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । निर्धारित समयमा १–१ को बराबरी र त्यसपछि अतिरिक्त समयमा पनि कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिदा रियलले बाजी मारेको हो ।

टाइब्रेकरमा रियलका कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, टोनी क्रुस र मार्काे एसेन्सियाले गोल गरे । भ्यालेन्सियाका इडिन्सन काभानी, इलेक्स मोरिवा र ह्युगो गुइलामोनले गोल गरे । इरे कमर्ट र जोश गायाले गोल गर्न सकेनन् ।

त्यसअघि किङ फाद इन्टरनेसनल स्टेडियम साउदी अरेबियामा बुधबार राति भएको खेलको ३९औं मिनेटमा कप्तान बेन्जेमाकै पेनाल्टी गोलबाट रियलले अग्रता लिएको थियो । इरे कमर्टले पेनाल्टी बक्समा बेन्जेमामाथि नै फउल गरेपछि रेफ्रीले पेनाल्टी प्रदान गर्द उनी चुकेनन् ।

दोस्रो हाफको शुरुमै गोल गर्दै भ्यालेन्सिया खेलमा फर्कियो । ४६औं मिनेटमा स्यामुइल डियास लिनोले टोनी लाटोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल अतिरिक्त हुँदै टाइब्रेकरमा लम्बिएको थियो ।

अब रियलले उपाधिका लागि बार्सिलोना र रियल बेटिसबीचको विजेतासँग आइतबार राति प्रतिस्पर्धा गर्नेछ । रियल बेटिस र बार्सिलोनाले आज राति प्रतिस्पर्धा गर्दैछ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.