9 years ago
December 29, 2016
दिपेश तिमल्सिना
सिलगुढी (भारत)- चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा नेपालले भोली श्रीलंकाबिरुद्ध खेल्दैछ । समूह चरणको दुई खेल जितेको नेपालको सेमिफाइनलको यात्रा लगभग पक्का भएको छ । खेल भोली दिउसो २:३० बजे नेपाली समयमा सुरु हुनेछ।

यस भन्दा अगाडि सन २०१४को वुमेन्स साफमा नेपालले श्रीलंकालाई ३-०ले पराजित गरेको थियो, उक्त खेलमा नेपालका लागि अनु लामाले दुई र निरु थापाले एक गोल गरेकी थिईन। साफमा दोस्रो पटक श्रीलंकासँग प्रतिस्पर्धा गर्न लागेको नेपालले पुरानो नजितालाई कायम गर्ने योजनामा छ भने श्रीलंका बदला लिने दाउमा छ । पहिलो दुई खेलमा नेपालले भुटान र माल्दिभ्सबिरुद्ध फराकिलो जित हात परेको थियो।
नेपालका टिम प्रशिक्षक कुमार थापाले श्रीलकासँगको खेलमा पनि नेपालले जित्ने विश्वास लिए । ‘हामी भोलिको खेल जित्नेमा ढुक्क छौ, खेलाडीहरुले हामीले प्रतियोगिता अगाडि अपेक्षा गरे भन्दा राम्रो खेल प्रदर्शन गरी रहेका छन’, उनले भने,’ नेपाललाई समुह चरणमा तीन खेल भएर फाईदा पुगेको छ। भोलि खेलसम्ममा टिमका सबै २० खेलाडीहरुले खेल्न पाउने छन।”
दुई खेलमा ११ गोल गरिसकेकी सबित्राको बारेमा बोल्दै प्रशिक्षक थापाले भने,’ सबित्राले निकै राम्रो प्रदर्शन गरीरहेकी छिन र उनलाई अरु खेलाडीहरुले राम्रो साथ दिरहेका छन। हामी उनले श्रीलंकाबिरुद्ध पनि राम्रो प्रदर्शन गर्नेमा बिश्वस्त छौ ।”
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]