default_image

9 years ago

December 29, 2016

घरेलु टोली विजय युथको विजयी सुरुआत

140 views

0 Bookmark

सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानद्वारा आयोजित टुबोर्ग हेटौडा गोल्ड कप

हेटौंडा (हाम्रो खेलकुद) – घरेलु टोली प्राइम पोलिक्लिनिक विजय युथले टुबोर्ग दोस्रो अन्तर्राष्ट्रिय फुटबल गोल्डकप प्रतियोगिता–२०७३ मा विजयी सुरुआत गरेको छ ।

img_5899-1
सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा बिहीबारबाट हेटौंडामा सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणमा सरस्वती युथ क्बल काठमाडौंको चुनौती ट्राइब्रेकरमा पन्छाउँदै घरेलु टोलीले अघिल्लो चरणको यात्रा तय गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खराब प्रकाशका कारण थप समयमा नलगी सिधै टाइब्रेकरमा लगिएको थियो । पेनाल्टी सुटआउटमा विजय युथ ३–१ ले विजयीभ यो ।
विजयी युथका लागि पेनाल्टीमा सुनिल बल, मार्टिन अजिद र सुरज बिष्टले गोल गरे । विजय युथका सञ्जय राजबाहकको प्रहार बाहिरिएको थियो । सरस्वतीका लागि जनम लिगले मात्र ट्राइब्रेकरमा गोल गरे । कुमार गिरी, तीर्थ बस्नेत र बबीले प्रहार विजय युथका गोलरक्षक अशोक बरालले रोके । गोलकिपर बराल एएफयु म्यान अफ दी म्याच घोषित भए । उनले नगद तीनहजार रुपियाँ पनि प्राप्त गरे । खेलको २२ औं मिनेटमा राष्ट्रिय टोलीबाट खेलिसकेका सुनिल बलले विजय युथलाई अग्रता दिलाएका थिए । उनले डिबक्सबाहिरबाट हानेको ‘पावरफुल सट’ गोलमा परिणत भएको थियो ।
खेलमा सरस्वतीका गोलकिपर एलन न्यौपानेले आधा दर्जनभन्दा बढी विजय युथका प्रहार बचाए । उनले पहिलो हाफ्मा मार्टिनसँगको वान भर्सेज वान सटलाई समेत निस्तेज पारे । अधिकांश समय बललाई नियन्त्रणमा लिएपनि विजय युथले आफ्नो अग्रतालाई अन्तिम दश मिनेट जोगाउन सकेन । सरस्वतीका कुमार गिरीले खेलको ८० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
‘धेरै खेलाडीलाई मौका दिन खोज्दा कठिन जित हात प¥यो । हाम्रा तीनजना खेलाडी सातौं राष्ट्रिय खेलकुदमा भएको कारण खेलमा केही कठिन भएको हो । सरस्वतीको डिफेन्डरको राम्रो प्रदर्शनका कारण हाम्रो फरवार्डले खुलेर खेल्न सकेनन्,’ विजय युथका प्रशिक्षक सुविन घिमिरेले पहिलो खेलमा भएको गल्तीलाई आगामी दिनमा सच्याउने बताए ।
सरस्वतीका टीम व्यवस्थापक प्रशिक्षक प्रदीप नेपालले नयाँ र जुनियर खेलाडीलाई मौका दिँदा खेलाडीले सोचअनुसारको प्रदर्शन गर्न नसकेको बताए । उनले घरेलु टोलीसँग धेरै दर्शकको बीचमा खेल्दा पनि खेलाडीले आफ्नो शतप्रतिशत खेल प्रदर्शन गर्न नसकेको बताए ।

img_5934
पुस २३ गतेसम्म सञ्चालना हुने प्रतियोगितामा दुई विदेशीसहित दश टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले गरेका थिए । प्रतियोगिताको विजेता र उपविजेताले नगद पाँच र तीनलाख रुपियाँ प्राप्त गर्ने आयोजक प्रतिष्ठान अध्यक्ष भेष खड्कीले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपियाँ र विधागत उत्कृष्ट प्रशिक्षक तथा खेलाडीलाई नगद तीन÷तीन हजार रुपियाँ प्रदान गरिने बताइएको छ ।
हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी, नेपाल खेलकुद पत्रकार मञ्च केन्द्रीय महासचिव तथा पत्रकार महासंघ केन्द्रीय सदस्य प्रकाश तिमल्सिना, नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी ‘छिन्तु’ तथा आयोजक प्रतिष्ठानका उपाध्यक्ष विशाल घोषलगायतले प्रतियोगिताको सफलताको कामना गरेका थिए ।

सातौं राष्ट्रिय खेलकुदको समापनका कारण प्रतियोतिगाअन्तर्गत् शुक्रबारको खेल सारिएको आयोजक प्रतिष्ठान महासचिव सविन न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार शनिबार सहारा क्लब पोखरा र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.