3 years ago
January 29, 2023
एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राइटनसँग हार बेहोर्दै लिभरपुल एफए कपको चौथो चरणबाटै बाहिरिएको छ । इन्ज्युरी समयमा जापानी मिडफिल्डर काओरु मिटोमाले उत्कृष्ट गोल गरेपछि लिभरपुलको उपाधि जोगाउने लक्ष्य पूरा हुन सकेन ।

लिभरपुल घरेलु टोली ब्राइटनसँग २–१ ले पराजित हुँदै एफए कपको चौथो चरणबाटै बाहिरिएको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियम फाल्मेरमा आइतबार राति भएको खेलमा ब्राइटनका लेविस डंक र काओरु मिटोमाले गोल गरे ।लिभरपुलका आर्भे एलिओटको गोल सान्त्वना बन्यो ।
खेलको ३०औं मिनेटमा हार्भे एलिओटको गोलबाट लिभरपुलले १–० को अग्रता लिएको थियो । उनले मोहम्मद सलाहको पासमा गोल गर्न सफल भएका थिए ।
तर लिभरपुलले त्यो अग्रतालाई लिभरपुलले बचाउन सकेन । ३९औं मिनेटमा लेविस डंकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले तारिक लाम्पाटेको पासलाई सदुपयोग गरे ।
त्यसपछि बराबरीतर्फ धकेलिएको खेलको अन्त्यतिर काओरु मिटोमाले गोल गर्दै लिभरपुललाई २–१ ले स्तब्ध पार्दै टोलीलाई एफए कपको पाँचौ राउन्डमा प्रवेश गराए । काओरु मिटोमाले पेर्भिसको पासमा सानदार गोल गर्न सफल भएका थिए । पेनाल्टी क्षेत्रभित्र डिफेन्डरहरुको अगाडी सुन्दर बल नियन्त्रणको नमुना प्रस्तुत गर्दै उनले गरेको फिनिस जितका लागि पर्याप्त रहयो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]