9 years ago
December 30, 2016
एजेन्सी (स्पेन) – पोर्चुगलका कप्तान एवं रियल म्याड्रिडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाइ अनुबन्धन गर्न एक चाइनिज क्लबले रियल म्याड्रिडलाइ तिन सय मिलियन युरोको प्रस्ताव राखेको खुलासा भएको छ।

रोनाल्डोका एजेन्ट जोर्गे मेंडेसका अनुसार उक्त क्लबले रोनाल्डोलाइ अनुबन्धन गर्न रियल म्याड्रिडलाइ तिन सय मिलियन दिने र रोनाल्डोको मासिक तलब पनि ८ मिलियन युरो दिने प्रस्ताब राखेको हो। तर, रियल म्याड्रिड र रोनाल्डो दुवैले यो प्रस्ताव नस्वीकार्ने मनस्थिति रहेको पनि एजेन्टले जनाए।
‘रोनाल्डोलाइ मैले यो बारे भनिसकेको छु र उनले यस अफरलाइ नकारिसकेका छन्। यो क्लब उनको सपना हो र जतिनै पैसा आएपनि उनले सो प्रस्ताव स्वीकार गर्ने छैनन्।”, एजेण्ट मेंडेसले भने।
चाइनिज क्लबहरुले हाल निकै पैसा खर्च गरेर ठुला खेलाडीहरुलाई क्लबमा भित्र्याउने गरेका छन्। केहि दिनअघि मात्र ओस्कारलाइ ६०मिलियन पाउण्ड तिरेर चेल्सीबाट चाइना लागेका थिए भने कार्लोस टेभेज साप्ताहिक ६ लाख पाउण्डमा सांघाई सेन्हुआ पुगेका छन्।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]