default_image

1 year ago

January 30, 2023

रियल म्याड्रिड बराबरीमा रोकियो

एजेन्सी – शीर्ष दौडमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो । सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोली रियलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रियल बेटिसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । रियल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरोले रियलको […]

249 views

0 Bookmark

एजेन्सी – शीर्ष दौडमा रहेको रियल म्याड्रिड स्पेनिस ला लिगामा बराबरीमा रोकिएको छ । रियल घरेलु मैदानमा रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिएको हो ।

सान्टियागो बर्नबेउमा आइतबार राति भएको खेलमा घरेलु टोली रियलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि रियल बेटिसको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

रियल सोसिडाडका गोलरक्षक एलेक्स रेमिरोले रियलको एकपछि अर्काे प्रहारलाई निस्तेज पार्दै टोलीलाई रियलबाट अंक दिलाउन सफल भए ।

रेमिरोले रियलका कप्तान करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो, फेडे भाल्भेर्डे, लुका मोड्रिच र टोनी क्रुसलगायतको प्रहारलाई फिल पारेका थिए ।

यस बराबरीसँगै रियल शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनासँग ५ अंकले पछि परेको छ । रियलको १८ खेलबाट ४२ अंक पुगेको छ । शीर्षस्थानको बार्सिलोनाको ४७ अंक छ । रियल सोसिडाड १९ खेलबाट ३९ अंक जोडेर तेस्रो स्थानमा यथावत रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.