3 years ago
January 31, 2023
एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेस्टर सिटीका पोर्चुगिज डिफेन्डर जोआओ क्यान्सेलोलाई लोनमा अनुबन्ध गरेको छ ।

बायर्नले जनवरी ट्रान्सफरको अन्तिम दिन २८ वर्षीय क्यान्सेलोसँगको सम्झौता पूरा गरेको हो । उनलाई ७० मिलियन युरोमा आगामी समरमा स्थायी खेलाडी हुने विकल्पसहित यो सिजनको अन्त्यसम्मका लागि अनुुबन्ध गरिएको बायर्नले जनाएको छ । यो विषयमा दुवै क्लब बायर्न र सिटीबीच सहमति भएको छ ।
क्यान्सेलोले फेब्रुअरी २०२२ मा प्रिमियर लिग च्याम्पियन च्याम्पियन सिटीसँग थप पाँच वर्षको सम्झौता नविकरण गरेका थिए । इतिहाद स्टेडियममा उनको सम्झौता सन् २०२७ को सिजनको अन्त्यसम्म छ ।
‘बायर्न विश्वको एक उत्कृष्ट क्लब मध्ये एक हो । यो टोली कस्तो हो भन्ने मलाई थाहा छ ।’ बायर्नमा आबद्ध भएपछि क्यान्सेलोले भने, ‘टोलीमा रहेका यि असाधारण खेलाडीहरूसँग खेल्न पाउनु मेरो लागि ठूलो प्रेरणा हो । म पनि सफलताको भोकबाट प्रेरित छु । म बायर्नका लागि आफ्नो उत्कृष्ट प्रदर्शन गर्नेछु ।’
पोर्चुगिज क्यान्सेलो सन् २०१९ मा युभेन्ट्सबाट सिटीमा आबद्ध भएका थिए । उनले ९८ प्रिमियर लिग खेलेको छ । सिटीका प्रशिक्षक पेप गुआर्डीओलमोको नेतृत्वमा, उनले दुईवटा लिग उपाधि र इएफएल कप जितेका छन् ।
आफ्नो मुख्य भुमिका डिफेन्डर भएपनि उनी प्लेमेकरको भुमिका निधाउन पनि माहिर छन् । उनको त्यही प्रदर्शनले उनी पछिल्लो दुई सिजन पिएफए प्रिमियर लिग टोलीमा समावेश हुन सफल भएका थिए ।
यद्यपि, उनले फिफा विश्वकप कतार २०२२ पछि केवल तीन खेलमात्रै खेलेका छन् । प्रशिक्षक गुआर्डीओलाले उनको स्थानमा रिको लुईस र नाथन एकेलाई मौका दिइरहेको छ ।
बायर्न जर्मन बुन्डेसलिगाको युनियन बर्लिनभन्दा १ अंकले अघि रहँदै शीर्षस्थानमा छ ।
December 19, 2025
एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]