default_image

3 years ago

February 6, 2023

मिलान डर्वीमा इन्टरको जित

215 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ को मिलान डर्वी भिडन्तमा इन्टर मिलानले जित निकालेको छ । इन्टर मिलानले एसी मिलानलाई १–० ले पराजित गरेको हो ।

इन्टरको जितमा पहिलो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा गोल गरेका थिए ।

मिलानोमा आइतबार राति भएको खेलमा इन्टरले खेलको सुरु देखि नै एसी मिलानलाई दवावमा राखेको थियो । ३४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।

एक गोलको अग्रता लिएपछि पनि इन्टरले खेलमा पकड जमाएपनि थप गोल भने गर्न नसकदा मार्टिनेजको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै इन्टर २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर नेपोलीभन्दा १३ अंकले अघि छ । पराजित मिलान ३८ अंक जोडेर छैटौं स्थानमा छ ।

आइतबार राति नै शीर्षस्थानमा रहेको नेपोलीले स्पेजियालाई ३–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत पारेको छ । नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा केभिचाले एक गोल गरे ।

यस जितसँगै नेपोलीको २१ खेलबाट ५६ अंक पुगेको छ । पराजित स्पेजिया १८ अंक जोडेर १७औं स्थानमा छ ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.