3 years ago
February 6, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को मिलान डर्वी भिडन्तमा इन्टर मिलानले जित निकालेको छ । इन्टर मिलानले एसी मिलानलाई १–० ले पराजित गरेको हो ।

इन्टरको जितमा पहिलो हाफमा अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले गरेको गोल नै निर्णायक बन्यो । उनले ३४औं मिनेटमा गोल गरेका थिए ।
मिलानोमा आइतबार राति भएको खेलमा इन्टरले खेलको सुरु देखि नै एसी मिलानलाई दवावमा राखेको थियो । ३४औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाए । उनले हकान चलहानोग्लुको पासमा गोल गर्न सफल भएका थिए ।
एक गोलको अग्रता लिएपछि पनि इन्टरले खेलमा पकड जमाएपनि थप गोल भने गर्न नसकदा मार्टिनेजको गोल नै निर्णायक बन्यो ।
यस जितसँगै इन्टर २१ खेलबाट ४३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इन्टर नेपोलीभन्दा १३ अंकले अघि छ । पराजित मिलान ३८ अंक जोडेर छैटौं स्थानमा छ ।

आइतबार राति नै शीर्षस्थानमा रहेको नेपोलीले स्पेजियालाई ३–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई थप मजवुत पारेको छ । नेपोलीको जितमा भिक्टर ओसिमहेनले दुई तथा केभिचाले एक गोल गरे ।
यस जितसँगै नेपोलीको २१ खेलबाट ५६ अंक पुगेको छ । पराजित स्पेजिया १८ अंक जोडेर १७औं स्थानमा छ ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]