9 years ago
December 30, 2016
दिपेश तिमल्सिना
सिलगुढी (भारत)– साफ च्याम्पियनसिपमा समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई १–० ले हराएपछि नेपाली टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षकको रुणनीति सफल भएको बताएका छन् । पहिलो दुई खेलमा भुटानलाई ८–० र माल्दिभ्सलाई ९–० ले हराएको नेपालले श्रीलंकालाई गोलका लागि निकै संघर्ष गर्नु परेको थियो । बराबरी उन्मुख खेलको तीन मिनेट समय बाँकी रहँदा आरडिएलआर गुनाबद्धनेले आत्मघाती गोल गरेपछि नेपालको जित सम्भव भएको थियो ।
‘यो पनि फुटबलको एउटा हिस्सा हो’ नेपाली टोलीका प्रशिक्षक थापाले भने, ‘श्रीलंकाका प्रशिक्षकको रणनीति सफल भएको छ । हामीलाई रोक्ने रणनीतिमा सफल भएकोमा उनलाई बधाई छ । तथापी हामीले सफल नतिजा लिएका छौं । हामी जित्यौं, तर जसरी सोचेका थियौं त्यस्तो हुन सकेन ।’
श्रीलंका प्रशिक्षक एम रत्नम मोहम्मद जुसमिनले नेपाली टोली उत्कृष्ट रहको जनाउँदै भने, ‘हाम्रो टोलीको प्रदर्शनबाट म सन्तुष्ट छु । नेपालका मुख्य खेलाडीलाई रोक्न सफल भएका छौं ।’ लगातार तीन खेल जितेपछि नेपाल समूह एको विजेताका रुपमा सेमिफाइनल पुगेको छ । भुटान र माल्दिभ्सबीच केही समयमा हुने अर्को खेलबाट समूह एको उपविजेता टोलीको टुंगो लाग्नेछ ।
समूहमा श्रीलंका र माल्दिभ्सको समान ३ अंक छ भने भुटान अंक विहिन छ । नेपालले भारत वा बंगलादेशमध्ये एकसँग सेमिफाइनल खेल्नेछ । सेमिफाइनल पुगिसकेका भारत र बंगलादेशबीच शनिबार हुने खेलपछि समूह बीको विजेता, उपविजेताको टुंगो लाग्नेछ । नेपालले उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।
December 12, 2025
एजेन्सी – एस्टन भिल्ला, फेरेन्कभारोस, फ्राइबर्ग, लियोन, मिड्ट्युल्यान्ड र रियल बेटिसले छैंटौं खेलको नतिजासँगै युइएफए युरोपा लिगको नक आउट चरणमा स्थान पक्का गरेका छन्। लिग चरणमा शीर्ष ८ टोली सिधै राउन्ड अफ १६ मा पुग्ने प्रावधानअनुसार ६ टोलीले आफ्नो स्थान सुरक्षित गरका हुन्। अवे मैदानमा फेनेरबाचले ब्रानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो। खेलको सुरुवातबाटै […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतीय क्लब इस्ट बंगाल एफसीले दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ। अर्को खेलमा नेपालको लिग च्याम्पियन एपिएफ बराबरीमा रोकिएको छ। इस्ट बंगालले पाकिस्तानी क्लब कराँची सिटी एफसी २-० ले हराएको छ। इस्ट बंगालका लागि सुलन्जना राहुलले पाँचौं मिनेटमा र रिस्टी नानजिराले ४९ औं मिनेटमा गोल गरिन् […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय लिग खेल्ने १७ क्लबका प्रतिनिधिबीच आज छलफल भएको थियो। राष्ट्रिय लिगको दोस्रो टोलीले २५ लाख र तेस्रो टोलीले १५ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जनाएको छ।राष्ट्रिय लिग पुस २५ गते त्रिपुरेश्वरस्थित दशरथ […]