3 years ago
February 24, 2023
एजेन्सी – च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट राउन्डको प्ले अफ (अन्तिम ३२) बाटै बाहिरिएको छ ।

बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित हुँदै युरोपाबाट पनि बाहिरिएको हो । बिहीबार राति शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुन पुग्दा युरोपाबाट पनि बाहिरिन पुगेको हो । पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।
ओल्ड ट्राफोर्डमा घरेलु टोलीको जितमा फ्रेड र एन्टोनीले गोल गर्दा बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

फ्रान्क केस्सीको क्रसलाई नियन्त्रणमा लिने क्रममा ब्रुनो फर्नान्डेसले बाल्डेमाथि फउल र ह्यानड गर्न पुगेपछि रेफ्रीले सिधै बार्सिलोनालाई पेनाल्टी प्रदान गरेको थियो । जसमा लेवोन्डोस्की चुकेनन् ।
तर, बार्सिलोनाले त्यो अग्रतालाई दोस्रो हाफमा जोगाउन सकेन । ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराए ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]