9 years ago
December 31, 2016
हेटौडा (हाम्रो खेलकुद)– टुबोर्ग दोस्रो हेटौडा गोल्डकप शनिबारबाट पुनः सञ्चालन हुँदा नेपाल पुलिस क्लब र पोखराको सहारा क्लबबीच प्रतिस्पर्धात हुनेछ । हेटौंडा–१० स्थित फरेष्ट्री खेल मैदानमा खेल अपरान्ह ३ बजे सुरु हुनेछ । पूर्वाञ्चलमा सातौं राष्ट्रिय खेलकुदको समापनका कारण गोल्डकपमा शुक्रबार कुनै प्रतिस्पर्धा नराखिएको आयोजक प्रतिष्ठानले जनाएको थियो ।

पुलिस सातौं राष्ट्रिय खेलकुदमा कांस्य पदक जितेपछि पहिलो प्रतियोगिता खेल्न हेटौडामा पुगेको हो । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा बिहीबार सुरु भएको प्रतियोगिताको पहिलो खेलमा प्राइम पोलि क्लिनिक विजय युथले ए डिभिजन क्लब सरस्वती क्लबलाई टाइब्रेरकमा ३–१ ले हराएको थियो ।
पुस २३ गतेसम्म सञ्चालना हुने प्रतियोगितामा दुई विदेशीसहित १० टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख र दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपियाँ र विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले समान ३ हजार रुपैयाँ पाउनेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]