3 years ago
February 24, 2023
एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डि मारियाको ह्याट्रिकमा सानदार जित निकाल्दै युभेन्ट्स युरोपा लिगको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

१० खेलाडीमा समेटिएको घरेलु टोली नान्टेसलाई नकआउट प्ले अफ राउन्ड (अन्तिम ३२) को दोस्रो लेगमा ३–० ले तथा समग्रमा ४–१ ले पराजित गर्दै युभेन्ट्स अन्तिम १६ मा पुग्न सफल भएको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।
नान्टेसमा बिहीबार राति भएको खेलको पाँचौं मिनेटमा डि मारियाको गोलबाट युभेन्ट्सले सुरुवाती अग्रता लिन सफल भएको थियो । उनले निकोलो फाजिओलीले पासमा गोल गर्न सफल भएका थिए ।

१७औं मिनेटमा नान्टेस १० खेलाडीमा समेटिन पुग्यो । पेनाल्टी बक्समा एन्जल डि मारियाले गरेको प्रहारलाई हातले रोकेपनि रेफ्रीले निकोलस पालोइसलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । त्यसमै प्राप्त पेनाल्टीमा डि मारिया चुकेनन् ।
७८औं मिनेटमा डि मारियाले ह्याट्रिक पूरा गर्दै युभेन्ट्सलाई सहज जित दिलाए । उनले डुसान भ्लाहोभिचको पासमा गोल गर्न सफल भएका थिए ।
अन्य नतिजा
मिट्जेल्यान्डविरुद्ध स्पोर्टिङ लिस्वन (०–४)
मोनाकोविरुद्ध बायर लिभरकुसन २–३ पेनाल्टी (३–५)
पिएसभी इन्डोभेनविरुद्ध सेभिया (२–०) सेभिया अघिल्लाे चरणमा
नान्टेसविरुद्ध युभेन्ट्स (०–३)
म्यानचेस्टर युनाइटेडविरुद्ध बार्सिलोना (२–१)
रेन्नेसविरुद्ध साख्तर डोनेस्क २–१, पेनाल्टी (४–५)
रोमाविरुद्ध साल्जवर्ग (२–०)
युनियन बर्लिनविरुद्ध आयाक्स (३–१)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]