3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा न्यु रोड टिम (एनआरटि) लाई ५-४ ले पराजित गर्दै आर्मी अन्तिम चारमा स्थान पक्का गरेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो । एनआरटिका लागि लाल्मिन्जामाले गोल गर्दा आर्मी आत्मघाती गोलमार्फत खेलमा फर्किएको थियो ।
टाइब्रेकरमा एनआरटिका जान एनबोमीले पहिलो प्रहारमा गोल गर्दा आर्मीका जगजित श्रेष्ठको प्रहार पोस्टमा लाग्दै गोलमा परिणत भयो । आर्मीका गोलरक्षक विकेशले एनआरटिका लागि दोस्रो नम्बरमा आएका स्टेफन जुनिअरको फितलो प्रहार बचाए । लगत्तै टेकबहादुर बुढाथोकीले आर्मीलाई अघि बढाए ।
एनआरटिका लाल्मिन्जामाले पेनाल्टीमा गोल गर्दा आर्मीका विकास खवासले पनि आफ्नो प्रहारमा कुनै गल्ती गरेनन् । त्यसपछि एनआरटिका निकोलस संग र विक्रम धिमालले गोल गर्दा आर्मीका दीनेश हेन्जन र नवयुग श्रेष्ठले पनि पेनाल्टीमा गोल गर्दै आर्मीलाई जित दिलाए ।

३२ औं मिनेटमा एनआरटिले अग्रता लिएको थियो । भारतीय फरवार्ड लाल्मिन्जामाले उत्कृष्ट फिनिस गर्दै दबाब कायम गरिरहेको आर्मीलाई स्तब्ध पारेका थिए । दीपेश आले मगरसँग पेनाल्टी क्षेत्र बाहिर पास साटासाट गर्दै उनले डिफेन्स लाइन बिट गरे । त्यसपछि पेनाल्टी क्षेत्रभित्र प्रवेश गर्दै लाल्मिन्जामाले टप कर्नरमा गोल गरे ।
दोस्रो हाफमा आर्मी आत्मघाती गोलको सहयोगमा खेलमा फर्कियो । जगजित श्रेष्ठको फ्रिकिकमा दीपक गुरुङले गरेको हेडर पोस्टमा लागेको थियो । तर पोस्टमा लागेर फर्केको बल गोल बचाउन पछि आइरहेका एनआरटि कप्तान विक्रम धिमाललाई लाग्दै गोल भएको थियो ।
आजै हुने तेस्रो क्वाटरफाइनलमा मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ । भोली हुने अन्तिम क्वाटरफाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मीले अब फाइनल प्रवेशका लागि आइतबार सातदोबाटो युवा क्लबको सामना गर्नेछ । विहीबार भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २-१ ले हराएको थियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपरले समान ५० हजार, हरेक खेलको म्यान अफ दी म्याचले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]