3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय कार्यसमितिका १२ जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीको माग गरेका छन् ।

एन्फाले फाल्गुन १७ गते बुधबार कार्यसमिति बैठक बस्ने भन्दै १९ एजेन्डासहित कार्यसमिति सदस्यहरुलाई बुधबार पत्राचार गरेको थियो । त्यसमा कार्यसमितिका १२ सदस्यले ६ एजेन्डा थप गर्न मागसहित पत्र लेखेका हुन् ।
उपाध्यक्षत्रय विराटजंग शाही, दिर्घबहादुर केसी र दीपक खतिवडासँगै ९ सदस्यले एन्फाको विधान अनुसार महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्ती मागसहित एजेन्डा थपमा हस्ताक्षर गरेका हुन् । सदस्यहरु रुपेश अधिकारी, रविन्द्र चन्द, रमेश व्यन्जनकार, भरत बुढथापा, पेमा डोल्मा लामा, भोजराज शाही, मनिष जोशी, महेन्द्र क्षेत्री र सरिला श्रेष्ठले पनि हस्ताक्षर गरेका छन् ।
थप गर्न माग गरिएको एजेन्डा :

एन्फाले पठाएको एजेन्डा:

December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]