3 years ago
February 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ‘ए’ डिभिजनको नव प्रवेशी चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चर्च ब्वाइजलाई २–१ ले पराजित गर्दै मछिन्द्र अन्तिम चारमा पुगेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मछिन्द्रको जितमा कप्तान सुजल श्रेष्ठ र रन्जित धिमालले गोल गरे । चर्च ब्वाइजले एक गोल उपहार पाएको थियो ।
खेलको १६औं मिनेटमा कप्तान सुजलले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । पेनाल्टी बक्सबाहिर विमल घर्तीमगरलाई फ्रान्कलिन कोटे टालाले फउल गरेपछि प्राप्त फ्रिकिकलाई सुजलले गोल गर्न सफल भएका थिए ।
४०औं मिनेटमा रन्जित धिमालले खाली पोस्टमा गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे । देवेन्द्र तामाङको लामो पासलाई फरवार्ड गगन दिप सिंहले नियन्त्रणमा लिन नसकेको बलमा गोलरक्षक रेम्वो कुमार चौधरी अघि बढ्दै बचाउने प्रयास गरेपनि रन्जित चुकेनन् ।
६६औं मिनेटमा छिरिङ गुरुङले आत्मघाती गोल गर्दा खेल २–१ को स्थितिमा पुग्यो । गगन दिप सिंहको क्रसलाई क्लियर गर्न क्रममा छिरिङले आफ्नै पोस्टमा गोल गर्न पुगेका पुगेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा मछिन्द्रले खेल जित्दै सेमिफाइनलमा पुग्न सफल भयो । मछिन्द्रका कप्तान सुजल श्रेष्ट प्लेयर अफ दि म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ हात पारे । शुक्रबार नै आर्मीले एनआरटीलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
भोली हुने अन्तिम क्वाटरफाइनलमा आयोजक केपी ओली क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेलको विजेताले मछिन्द्रसँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । हरेक खेलको विजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख, उदियमान खेलाडी, सर्वाधिक गोलकर्ता, गोलकिपरले समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]