3 years ago
February 25, 2023
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व डिफेन्डर ब्राजिली मार्सेलो आफ्नो बाल्यकालको क्लब फ्लुमिनेन्समा फर्किएका छन् ।

गत वर्ष रियल म्याड्रिडबाट बाहिरिएपछि मार्सेलो ग्रीसको सुपर लिग क्लब ओलम्पियाकोसमा अनुबन्ध भएका थिए । उनले त्यहाँ एक सिजन बिताएपछि रियल म्याड्रिडका पूर्व डिफेन्डर मार्सेलोले २०२४ को अन्त्यसम्मको लागि सम्झौतामा हस्ताक्षर गर्दै बाल्यकालको क्लब फ्लुमिनेन्समा फर्किएका हुन् ।
अनुभवी लेफ्ट ब्याक १७ वर्षपछि ब्राजिल फर्किएका छन् । रियो दि जेनेरियोमा रहेको फ्लुमिनेन्सबाट उनले २००५ मा सिनियर टोलीमा डेब्यु गरेका थिए । त्यहाँ डेढ वर्ष बिताएपछि उनी रियल म्याड्रिडमा अनुबन्ध भएका थिए ।
म्याड्रिडमा १५ वर्ष बिताउँदा उनी टोलीका मुख्य सदस्य बने । सेप्टेम्बरमा सान्टियागो बर्नाबेउबाट बाहिरिएपछि ३४ वर्षीया मार्सेलोले ग्रीसको ओलम्पियाकोसमा आबद्ध भएका थिए । उनले गत साता आफ्नो सम्झौता समाप्त गरे ।
फ्लुमिनेन्स ब्राजिली सिरी ‘ए’ मा यो सिजन तेस्रो स्थानमा रहेको छ । टोली शीर्ष तीनम ापर्ने लक्ष्यमा रहँदा अनुभवी र स्टार खेलाडी भित्र्याउने लक्ष्यमा रहनेछ । मार्सेलोले सामाजिक सञ्जालमा ‘त्यहाँ फर्कनुहोस् जहाँ यो सबै सुरु भयो ।’ भनेर पोस्ट गरेका छन् ।

म्याड्रिडबाट मार्सेलोले १५ वर्षको अवधिमा २५ उपाधि जितेका छन् । उनले रियलबाट ६ ला लिगा र पाँच च्याम्पियन्स लिग जितेका छन् ।
मार्सेलोले ब्राजिलका लागि २००६ देखि २०१८ को अवधिमा ५८ क्याप जित्दा ६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । मार्सेलोले ब्राजिलबाट सन् २०१३ मा फिफा कन्फेडेरेसन कप जितेका छन् । उनले ब्राजिलको यू२३ टोलीबाट २००८ मा कास्य र २०१२ मा रजत पदक जितेका छन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]