3 years ago
February 25, 2023
एजेन्सी – स्पेनिस ला लिगाको म्याड्रिड ‘डर्वी’ मा आज राति रियल म्याड्रिड र एट्लेटिको म्याड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

यो खेल रियल म्याड्रिडको मैदान सान्टियागो बर्नबेउमा नेपाली समयअनुसार राति ११:१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा रियल पाहुना टोली एट्लेटिकोलाई पराजित गर्दै अंका तालिका सुधार गर्दै शीर्षस्थानको बार्सिलोनासँगको अंक दुरी छोट्याउने योजनामा मैदान उत्रनेछ ।
रियल २२ खेलबाट ५१ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । टोलीसँग लयमा रहेका कप्तान तथा फरवार्ड करिम बेन्जेमा, भिनिसियस जुनियर रहेका छन् । चोटका कारण केही खेल गुमाएका बेन्जेमाले १३ खेलमा ११ गोल र ३ असिस्ट प्रदान गरेका छन् । भिनिसियसले यो सिजन २१ खेलमा ७ गोल र ४ असिस्ट प्रदान गरिसकेका छन् ।
यस्तै टोलीसँग फेडे भाल्भेर्डे, टोनी क्रुस, ओरेलिएन चुआमेनी, ड्यानियल सेवालोस, लुका मोड्रिच, नाँचो फर्नान्डेस, एन्टेनियो रुडिगर, एडर मिलिसाओ, ड्यानी कार्भाजल र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् । चोटका कारण रोड्रिगोले खेल्ने सम्भावना न्युन रहँदा डेभिड अलाबा र फर्लान्ड मेन्डी पनि टोलीमा हुने छैनन् ।

यता, एट्लेटिको पनि रियललाई उसकै मैदानमा स्तब्धपूर्ण नतिजा निकाल्दै अंक तालिका सुधार गर्दै तेस्रो स्थानमा उक्लने योजनामा हुनेछ । रियललाई पराजित गर्न सकेको अवस्था तथा अर्काे खेलमा रियल सोसिडाड पराजित भएको खण्डमा एट्लेटिको तेस्रो स्थानमा उक्लनेछ ।
टोलीसँग फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए, अल्भारो मोराटा, यान्निक कारास्को, सउल निग्वेज, कोकी, पाब्लो बारिओस, मार्काेस लोरेन्टे, रेइनिल्डो, मारियो हर्माेसो, स्टेफन साभिच, नाहुइल मोलिना र गोलरक्षक जान ओब्लाक टोलीमा हुनेछन् । चोटका कारण रोड्रिगो डि पउल र सर्जियो रिगुइलोन टोलीमा हुनेछैनन् ।
एन्टोइन ग्रिजमन, मेम्फिस डिपाए र अल्भारो मोराटाले यो सिजन गोलका लागि संघर्ष गरिरहेका छन् । ग्रिजमनले यो सिजन ला लिगामा २२ खेलमा ६ गोल र ६ असिस्ट दिएका छन् ।
पछिल्लो दुई खेलमा रियलले एट्लेटिकोसँग हार बेहोरेको छैन । १९ सेप्टेम्वर २०२२ मा २–१ को जित निकालेको रियलले त्यसपछि २७ जनवरी २०२३ मा कोपा डेल रेको क्वाटरफाइनलमा अतिरिक्त समयमा ३–१ को जित निकालेको थियो ।
यि दुई टोलीको पछिल्लो ४४ खेलको नतिजामा रियल २० खेलमा विजयी भएको छ । ११ खेल एट्लेटिकोले जित्दा १३ खेल बराबरीमा सकिएको छ ।
अन्य खेल
स्पान्योलविरुद्ध मलोर्का (साँझ ६:४५ बजे)
क्याडिजविरुद्ध रायो भालेकानो (रातको ९ बजे)
भ्यालेन्सियाविरुद्ध रियल सोसिडाड (मध्यरात १:४५ बजे)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]