3 years ago
February 27, 2023
एजेन्सी – शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा अल्मेरियासँग स्तब्ध बनेको छ । बार्सिलोना घरेलु टोली अल्मेरियासँग १–० ले स्तब्ध बनेको हो ।

बार्सिलोनालाई स्तब्ध पार्न पहिलो हाफका इएल विलाल टोउरेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पावर हर्स स्टेडियम अल्मेरियामा आइतबार राति भएको खेलमा विलालले २४औं मिनेटमा लुइस सुआरेजको पासमा गोल गर्न सफल भएका थिए ।
त्यही गोल नै बार्सिलोनालाई स्तब्ध पार्न निर्णायक बन्यो । एक गोलले पछि परेको बार्सिलोनाले ७२ प्रतिशत बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव सिर्जना गरेपनि अल्मेरियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा यो सिजन ला लिगामा दोस्रो हार भोग्न पुग्यो ।

बार्सिलोना यसअघि १६ अक्टोवर २०२२ मा बार्सिलोनासँग ३–१ ले पराजित भएको थियो । यस हारसँगै बार्सिलोनाले शीर्षस्थानमा आफ्नो अग्रतालाई थप मजवुत बनाउने मौका गुमाएको छ ।
शीर्षस्थानमा रहेको बार्सिलोनाको २३ खेलबाट १९ जित, समान २ बराबरी र हारबाट ५९ अंक छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ७ अंकले अघि छ । बार्सिलोनालाई हराएको अल्मेरिया २५ अंक जोडेर १५औं स्थानमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]