3 years ago
February 27, 2023
एजेन्सी – म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको च्याम्पियन बनेको छ । प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडलाई २–० ले पराजित गर्दै युनाइटेड २०१७ पछि कारवाओ कपको च्याम्पियन बन्न सफल भएको हो ।

६ वर्षअघि अर्थात सन् २०१६–१७ को सिजनमा साउथह्याम्टनलाई हराएर उपाधि जित्न सफल भएको थियो । वेम्वली स्टेडियममा आइतबार राति भएको खेलमा युनाइटेडलाई च्याम्पियन बनाउन क्यासमिरोले गोल गर्दा एक गोल उपहार पाएको थियो ।
३३औं मिनेटमा क्यासमिरोले लुका साको फ्रिकिकमा हेडरमार्फत सानदार गोल गर्न सफल भएका थिए । ३९औं मिनेटमा स्भेन बोटम्यानले आत्मघाती गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० को अग्रता लिन सफल भयो । मार्कस रासफर्डको प्रहारलाई बचाउने क्रममा स्भेनले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

दोस्रो हाफमा न्यूक्यासलले बल पोसेसन राख्दै युनाइटेडलाई दवावमा राखेपनि गोल गर्न नसक्दा उपाधिबाट वञ्चित बन्न पुग्यो । सन् १९७६ पछि कारवाओ कपको तथा सन् १९९९ एफए कपको फाइनल खेलेयता न्यूक्यासल पहिलोपटक फाइनलमा पुगेपनि उपाधिबाट वञ्चित बन्न पुग्यो ।
न्यूक्यासल १९६९ को इन्टर सिटीज फेयर कपपछि पहिलो प्रमुख ट्रफी जित्ने प्रयासमा रहेपनि सफल हुन सकेन । सन् १९९९ को एफए कपको फाइनलमा न्यूक्यासल युनाइटेड वेम्वलीमै म्यानचेस्टर युनाइटेडसँग पराजित हुँदै उपाधिविमुख बनेको थियो ।
प्रशिक्षक एरिक टेन ह्यागको प्रशिक्षणमा युनाइटेडले पहिलो उपाधि जित्न सफल भएको हो । युनाइटेडले ६ वर्षअघि जोसे मौरिन्होको नेतृत्वमा युरोपा लिगको उपाधि तथा सोही सिजन कारवाओ कपको उपाधि जितेको थियो ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]