default_image

3 years ago

February 27, 2023

मिलानको जित, इन्टरको हार

211 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलानले सफलता हात पार्दा इन्टर मिलानले हार बेहोरेको छ । मिलानले घरेलु मैदानमा एटलान्टालाई २–० ले पराजित गरेको हो ।

मिलानको जितमा जुनियर मेसिएसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानोमा आइतबार राति भएको खेलको २६आं मिनेटमा आत्मघाती गोलबाट मिलानले खेलमा अग्रता बनाएको थियो ।

जुआन मुसोले आत्मघाती गोल गरेका थिए । ८६औं मिनेटमा जुनियर मेसिएसले राफयल लियोको पासमा गोल गर्दै मिलानको जित पक्का गरे ।

यस जितले मिलान २४ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित एटलान्टा ४१ अंक जोडेर छैटौं स्थानमा छ ।

अर्काे खेलमा इन्टर मिलान घरेलु टोली बोलोग्नासँग १–० ले स्तब्ध बनेको छ । इन्टरलाई स्तब्ध पार्न रिकार्डाे ओर्साेलिनीले ७६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

यस जितले बोलोग्ना २४ खेलबाट ३५ अंक जोडेर सातौं स्थानमा उक्लन सफल भएको छ । पराजित इन्टर मिलान २४ खेलबाट ४७ अंक जोडेर दोस्रो स्थानमा छ । समान ४७ अंक रहेपनि मिलान गोल अन्तरमा पछि छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.