default_image

3 years ago

February 27, 2023

आर्मीलाई हराउँदै सातादोबाटो फाइनलमा

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी फुटबल क्लबलाई सडन डेथमा पराजित गर्दै सातदोबाटो युथ क्लब केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

आर्मीलाई सडनडेथमा ६–५ ले पराजित गर्दै सातदोबाटो उपाधि नजिक पुगेको हो । सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार भएको खेलको दोस्रो हाफमा कुनै गोल निस्कन नसकेपछि खेल टाइब्रेकरमा लम्बिएको थियो । जसमा सातदोबाटोले बाजी मार्यो ।

टाइब्रेकरमा सातदोबाटोका सुदिप गुरुङले गोल गर्दा दोस्रो पेनाल्टीमा दीपक राज सिंह ठकुरीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथले बचाए । अब्दुल अबु बकारी, एकराज बुढाथोकी र विलियम असिडिउले गोल गरे । सडन डेथमा सुरज गुरुङ र पासाङ लामाले गोल गर्न सफल भए ।

आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्वे, नवयुग श्रेष्ठले गोल गर्दा तेस्रो पेनाल्टी प्रहार गर्न आएका विकास खवासको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि सडन डेथमा दीपक गुरुङले गोल गर्दा सुदिल राईको प्रहारलाई गोलरक्षक अभिषेक बरालले बचाए ।

अभिषेक नै खेलको प्लेयर अफ दि म्याच घोषित भए । उनले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । विजेता सातदोबाटोले गेम जितेवापत २५ हजार रुपैयाँ प्राप्त गरेको छ । आइतबार नै हुनुपर्ने खले काठमाडौं उपत्यकामा भएको वर्षासँगै चट्याङपछि दोस्रो हाफ आज (सोमबार) भएको थियो ।

आज नै दोस्रो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब आयोजक केपी एफसीबीच दिउँसो ३ बजे हुनेछ । राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताका सर्बोत्कृष्ट खेलाडीले १ लाख नगद पाउने छन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदियमान खेलाडीले ५० हजार पाउने छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.